मन परे लाइक

Sunday, January 8, 2012

जागरण गीत -बाचा

बाचा

बाचा गर्छु कमिशन र घुस खान्न म
नेपाल आमा ! नेपालीलाई धोका दिन्न म ।
असतोमा सद्गमय, तमसोमा ज्योतिर्गमय, मृत्योर्माऽमृतं गमय ।।

कर्णालीका लहरमा भाग्य खोजँुला,
सुनकाशीको बगरमा सुन खोजुँला ।
दाजुभाइका पसिनाले नुहाउन्न म,
नेपाल आमा ! नेपालीलाई धोका दिन्न म ।।१।।   बाचा.....


हत्केलामा हिमालको हाँसो पोतुँला,
तराईमा हाँसीखुसी खेत जोतुँला ।
भाग खोसी निमुखाको अन्न खान्न म,
नेपाल आमा ! नेपालीलाई धोका दिन्न म ।।२।। बाचा.....

कर तिर्छु राज्यलाई ग्राहक ठग्दिन,
पाखुरामा विश्वास गर्छु भीक्षा माग्दिन ।
जनतालाई कंगाल पारी चैन लिन्न म,
नेपाल आमा ! नेपालीलाई धोका दिन्न म ।।३।। बाचा.....

नियम पैले आफू मान्छु अनि पढाउँछु,
चरित्रलाई रोज्छु स्वाभिमान बढाउँछु ।
अरुको बास उठाएर धनी हुन्न म
नेपाल आमा ! नेपालीलाई धोका दिन्न म ।।४।। बाचा.....

सान सेवाष्टियन, स्पेन

No comments:

Post a Comment

Popular Posts (लोकप्रिय रचनाहरू)