मन परे लाइक

Sunday, January 8, 2012

जुनभित्र लुकीलुकी

जुनभित्र लुकिलुकी

ए सखी !
जुनभित्र लुकीलुकी मलाई नहेर

ढुकुर जोडी बनेर हाम्रा बिते है बाला दिन्
बिरह दिलको दन्केर आउँथ्यो नभेटे कुनै दिन्
सुसेली हेर न्याउली भाका अँधेरी बनैमा
सम्झना छुरी बनेर रेट्छ जलेको मनैमा
        ए सखी !
        जुनभित्र लुकीलुकी मलाई नहेर


तिमिले मैले देउराली थानमा थापेको मुरति
बिर्सिदे मन ती बाला दिन भुलिदे पिरति
बिर्सन खोज्छु बल्झेर आउँछ यो छाती चिरिन्छ
निचोरुँ भन्छु यो मुटु मिचि झन् धेरै पिरिन्छ
        ए सखी !
        जुनभित्र लुकीलुकी मलाई नहेर

दैवले कस्तो देखायो ऐना दुईदिनको रामछायाँ
हरेर लग्यो खोसेर फेरी किन हो त्यो मायाँ
शीतका थोपा बिरहदाना आँशुका तरेली
पृथिवि पारी हेरेर सानी भिजाउँछु परेली
        ए सखी !
        जुनभित्र लुकीलुकी मलाई नहेर

डाक्टरको डेरा
कीर्तिपुर १५



No comments:

Post a Comment

Popular Posts (लोकप्रिय रचनाहरू)