मन परे लाइक

Sunday, January 8, 2012

कहिले सुन्छ्यैा

कहिले सुन्छ्यौ उसका कुरा

कहिले सुन्छ्यौ मेरा कुरा कहिले उस्का कुरा
एउटा माथि तिमीले अब बिश्वास गर पुरा
            तिमील,े विश्वास गर पुरा

कतै पनि पुग्दैनन् रे दुइटा डुङ्गा चढ्नेहरु
शुन्यमा नै हराउँछन् लक्ष्यबिना हिंड्नेहरु
चिमोटेर दिन्थें बरु एउटा टुक्रा मुटु
तिम्रो शंका मेरा लागि कटारी भो छुरा
                कहिले सुन्छ्यौ .....

सुुसेल्यौ कि गाली ग¥यौ ओठ चले तिम्रा
उसको कानमा फुस्फुसायौ के छ त्यस्तो कुरा
शङ्का उठी लङ्का पनि जलाउँछरे भन्छन्
अमृत’ नि बिषै हुन्छ, फूल हुन्छ छुरा
                कहिलो सुन्छ्यौ .......

निधारका रेखाहरु खुम्चिएका देख्छु सधैं
अल्मलिई दोबाटोमा टोलाएको देख्छु सधैं
कि त नदी पारी जाऊ कि त आउ वारी
मझधारमा बस्नु हुन्न ज्यानै जाला पुरा
                कहिले सुन्छ्यौ.......

२०६२।२।१३
एम्.पि.ए. दोश्रो बर्षको कक्षा चलिरहेको बेला नोट लेख्दै लेखेको गीत




No comments:

Post a Comment

Popular Posts (लोकप्रिय रचनाहरू)