मन परे लाइक

Sunday, January 8, 2012

नडुब चन्द्रमा

नडुब चन्द्रमा

नडुब चन्द्रमा ए रात नढल्दे
        अकेली मलाई यसै डुब्न देउ
नखस्नु ए तारा नभैदे बिहानी
        अँध्यारो चुमेर यसै बस्न देउ ।

व्यर्थै उज्यालो देखेर घामको
भुल्नु कसोरी अब आफूलाई
तीखा बचनका भाला रोपिन्छन्
बोल्दैन ईश्वर, शीव, राम, साई ।
सातै समुन्द्र पारी खसम छन्
देख्दिन सपना बस्छन् कसोरी
पापी समाजका असारे यी जुका
लोभी नजरले डस्छन् यसोरी
नहराउ तारा नघुर्क परेवा
पूर्वको लालीले नपोलोस् मलाई
नडुब चन्द्रमा.......

अझ कत्ति हेर्नु छ जाली दुनियाँ
हर रात सपना बरु सह्य हुन्थ्यो
एकलास जीवन हर पाइलामा
यी दाह्रा र नंग्रा बरु मुक्त हुन्थ्यो
चिर्बिर चिर्बिर नगर् ए भँगेरी
नवास कुखुरी गरिद्यौ अबेर
तुफानी बेगले जाउ न ए हावा
घर फर्कुन् प्यारा नगरुन अबेर
न उघ्रे सगर हे ननिभ्देउ टुकी
तिमी एक साथी नछोड मलाई
नडुब चन्द्रमा......

डाक्टरको डेरा
कीर्तिपुर १५ टौदह




No comments:

Post a Comment

Popular Posts (लोकप्रिय रचनाहरू)