मन परे लाइक

Sunday, January 8, 2012

यो सुगन्धी हावा

यो सुगन्धी हावा

यो सुगन्धी हावाको बहार, कतै तिमी आयौ
यो चराको सुमधुर चिर्विर, पक्कै तिमी आयौ
यो सुगन्धी हावाको

रात भनिन, दिन भनिन, बर्षौदेखि पर्खिरहें
घाम भनिन, जुन भनिन, तिमै्र मुहार सम्झिरहें
पहरामा यो मीठो गुञ्जन, कतै तिमी गुन्गुनायौ
यो सुगन्धी हावाको ............

पहाड भनिन, मैदान भनिन टाढा टाढा खोजिरहें
भोक भनिन, नींद भनिन, आशा मैले साँचिरहें
झम्झम् यो झरी बर्षा, आज मायुरी नाच जगायौ
यो सुगन्धी ......

भीर भनिन, लेक भनिन, तिम्रै बाटोमा पर्खिरहें
फर्किंदैनौ सबले भन्थे, मनको ज्योति बालिरहें
मगमग या फूलको सुवास, नागवेली केश सजायौ
यो सुगन्धी हावाको ......

२०६२।३।१३
भूतखेल, चोभार



No comments:

Post a Comment

Popular Posts (लोकप्रिय रचनाहरू)