मन परे लाइक

Sunday, January 8, 2012

थरीथरी पात झरे

थरीथरी पात झरे

थरीथरी पात झरे बरबरी आँसु झरे
सेतासेता दाँत झरे, दिन घटे दुःख बढे
थरीथरी पात झरे ....

नफर्किने दिन अझै सम्झेर पीर मान्नु हुन्न अरे
                पीर मान्नु हुन्न अरे
मीठा सपना, नयाँ चाहना सबै पुरा हुन्न अरे
                सबै पुरा हुन्न अर
बचराले गिल्ला गरे तरुनाले हल्ला गरे
कमाइ गर्ने छोरा नाति भिन्नै बस्ने सल्लाह गरे
थरीथरी पात झरे

यसो गरुँला उसो गरुँला, अब आँट सबै मरे
                अब आँट सबै मरे
यता जाउँला मीठो खाउँला, सब ठाँटबाँट झरे
                सब ठाँटबाँट झरे
माया गर्ने पनि थिए सय डाँडा पारी सरे
आज आफ्ना हातगोडा आफैलाई भारी परे
थरीथरी पात झरे .......

शिशीरयामका रुख हेरेर बाँच्ने आँट गर्नु अरे
                बाँच्ने आँट गर्नु अरे
पूर्णिमाको जून, हिमाल हेरेर मन खोली हाँस्नु अरे
                मन खोली हाँस्नु अरे
घुमीफिरी सबैलाई यस्तो दिन आउँछ भरे
धन्य हुन् ती  जसले यिन्का अनुहारमा हाँसो छरे
थरीथरी पात झरे ......

२०६५।०८।२४
सासायामा, योकोहामा, जापान


No comments:

Post a Comment

Popular Posts (लोकप्रिय रचनाहरू)