मन परे लाइक

Sunday, January 8, 2012

नयाँ यूगको कथा


नयाँ यूगको कथा 

असार लाग्यो । एउटा परिवारलाई खेतमा धान रोप्न खेताला चाहिए । तीनबीस जति खेताला भए खेतको काम असारमै सकिन्थ्यो । खेतालाहरु खोजियो । तीनबीस खेतालाले पुग्ने ठाउँमा तीसबीस खेताला जबर्जस्ती आए । तीन हजार बर्ष अघिदेखिका थर गोत्र, जात सबैले कामको भाग पाउनै पर्छ भनेर तिनले लिडेढीपि कस्दै आफै खेताला संख्या तोके । परिवारले ननिको मान्दै स्वीकार ग¥यो ।
असार त गयो गयो मंसीर लाग्दा पनि ती खेतालाले सिन्को भाँचेनन् । बाचा गरेअर्को असारसम्म पर्खनुस् न, रोपिहाल्छौ नि खेत । त्यस्ता बाचा थपिइरहे । नयाँ नयाँ असार आइरहे गइरहे । घर परिवारले ऐंचोपैंचो गरेर, रिनपान गरेर तिनीहरुलाई ज्याला र खान्की जुटाउँदै गयो । बर्षौं बित्यो । तिनले खेती लाउनु त कता हो कता अव त घर परिवारका सदस्यलाई नै भाँड्न थाले । परिवार लडाएर आफ्नो खान्की र ज्याला पाउने अवधि लम्बाउँदै जानथाले । अब खेत त नरोपिने नै भयो परिवारका सदस्यलाई खेतका एकएक फकटा भाग लगाएर र छुट्टाछुट्टै कटेरा बार्न लगाएर ती कटेराको मालिक आफै बन्ने दाउमा खेताला लागे । परिवार न त खेताला फेर्न सक्छ न त ती खेताला आफै खेत छोडेर जान्छन् । कस्तो आपत ! तपाइँसग कुनै उपाय छ <

No comments:

Post a Comment

Popular Posts (लोकप्रिय रचनाहरू)