मन परे लाइक

Sunday, January 8, 2012

कहाँबाट तिमी आयैा ?

कहाँबाट तिमी आयौ ?

कहाँबाट तिमी आयौ ? जसले मलाई मान्छे भन्यौ
बिर्सेको थिएँ म मान्छे भन्ने तिमीले झस्कायौ
कहाँबाट...

निर्धाहरुको नलेउ हुर्मत् भनेथें मैले ता
विधवाहरुको नपिउ आँसु भनेथें मैले ता
तर मान्छे भनिने बलियाहरुले, भने– म हुतिहारा रे
कहाँबाट ...

नचुस पसिना गरीबहरुको त्यो आत्मा रुलाई
नढाँट सोझा जनताहरुलाई ललाई फकाई
तर बाठा भनिने धुर्तहरुले , भने– म बेवकुफ रे
कहाँबाट...

साना चिचिला बालाहरु ती को आफ्नो हो को पराई
छातिमा यौटै नेपाली भाव को पहाडी को तराई ?
तर नेता भनिने स्वार्थीहरुले, भने –म संकीर्ण रे
कहाँबाट...

कहाँ छ जात, कहाँ छ धर्म, मानव धर्म त एक छ
भनेथें मैले नलडाउ बन्धु दुष्ट्याईंमा त पाप छ
तर धर्मात्मा भनिने ढोंगीहरुले भने – म बिधर्मी रे
कहाँबाट...

थुपार्छौ सम्पत्ति असत्य अनि अन्यायले, बलले
नबन बाठो झुक्याई सोझा, धुत्र्याईंले छलले
ती बाठा धनीहरुले भनेथे, म आदर्शको खोल रे
कहाँबाट तिमी आयौ....

योकोहामा छात्रावास
बिजयादशमी, २०६४
अक्टोबर २१, २००७

No comments:

Post a Comment

Popular Posts (लोकप्रिय रचनाहरू)