मन परे लाइक

Tuesday, March 27, 2012

लघुकथा- सपना कतिपय

सपना कतिपय
“आऊ, हात मिलाऊ”– मैले भने
“अहँ, तिमी मेरो पार्टीको हैनौ”– उसले भन्यो
“हाम्रो स्कूलका लागि ढुङ्गा बोकौं”
“अहँ, हाम्रो नेताले बजेट पार्छ”
“अड्डामा घूसको प्रतिवाद आफै गर”
“हैन, मैले नेतालाई भन्न लगाएको छु”
“हाम्रो स्कूल सुधार गरौं– बच्चाको भविश्य बरबाद हुने भो”
“मेरो साथी हाकिम छ, म उसलाई भन्न लगाएर राम्रो स्कूलमा भर्ना गर्छु”
“टोलको ढल भत्केछ– लौ न मर्मत गर्न जाउँ”
“त्यो नगरपालिकाको काम हो– हामीले गर्ने भए किन चाहियो चुनाव? नेता?”
“विश्वविद्यालय तहसनहस भो, लौ न आवाज उठाउँ”
“मेरो छोरालाई त दूतावासमा भनसून गराएर बिदेश पठाउँदैछु,
उतै पढ्ला ।”
...............................   ..................................
...............................    .....................................
“साला! मलाई त्यत्रो सपना देखाए तिनीहरुले,
अहिले मेरो बिचल्ली भो”– उसले भन्यो
“जसका आफ्ना सपना छैनन्,
सपना हुनेको पनि आफूप्रति विश्वास छैन,
अर्काको सपनाबाट रोमाञ्चित हुनेहरुको गन्तव्य
शून्यवाट शुरु हुन्छ र त्यहीं अन्त्य हुन्छ,
तिम्रा सपना आफै देख र तिनलाई पाउन आफै अघि सर,
हिंड, फ्याँकिदेउ भ्रमको लाठी
हाम्रो उज्यालो सूर्य खोज्न हाम्रै खुट्टामा भर परौं”– मैले भने ।
ऊ टोलाइरह्यो, झसङ्ग झस्क्यो र फेरी जोशिलो भयो
“अब मेरा आफ्नै सपनाहरु हुनेछन्
तिनको खोजीमा म आफैलाई कोलम्बस बनाउने छु
मानिसले नै बनाएको हो– स्वीजरल्यान्ड र स्वाजिल्याण्ड”– उसले भन्यो ।
अब हाम्रो गोरेटो समयमै कोरिने छ....जसमा हिड्दा हामी गौरवान्वित हुनेछौं ।






सान सेवाष्टियन, स्पेन
२७ मार्च, २०१२ (चैत्र १४, २०६८)

Thursday, March 15, 2012

एक टुक्रा गिदी र एक चौथाई चोखो मन


एक टुक्रा गिदी र एक चौथाई चोखो मन

धन्यवाद ईश्वर !
फूलहरूमा भरिदिएको रङका लागि
अदृश्य हावामा भरिदिएको प्राणका लागि
एक टुक्रा रोटीमा राखिदिएको स्वादका लागि
एक घुट्को पानीमा भरिदिएको तृप्तिका लागि
अपरिचितसँगको एकैछिनको भेटमा खुस्किने मुस्कानका लागि
घाम-छायाँ, बसन्त-शिशिर, अँध्यारो-उज्यालोका लागि ।

धन्यवाद ईश्वर!
एउटा नयाँ दिन, उदाउँदो सूर्य दिएकोमा
बर्षौं पर्खन र सहन सक्ने धैर्यता दिएकोमा
अनिश्चित भोलीका लागि आशा दिएकोमा
सानो खुशीसँगै अनन्त दुःख बिर्सने शक्ति दिएकोमा ।

प्रभू !
तिमीले आँट दियौ -धमिलो खोला तर्नका लागि
तिमीले पखेटा दियौ - विचारमा लाखौं कोष टाढा उड्नका लागि
तिमीले इर्श्या दियौ - प्रगतिको प्रयत्नका लागि
तिमीले दृष्टि दियौ - सुन्दरताको परख र रक्षाका लागि ।

अब एउटा मात्र माग छ तिमीसँग
अलिकति पुगेको छैन हामीलाई
थपिदेउ अलिकति प्रत्येक मानिसका मष्तिष्कमा
दया, प्रेम, धैर्यता, आशा, न्याय र सच्चरित्रका लागि
"एक टुक्रा गिदी र एक चौथाई चोखो मन"


सान-सेवाष्टियन, स्पेन
मार्च १४,  २०१२

Monday, March 12, 2012

A Letter to Death


Dear Death!
You accompanied me the very day I came out from mother's womb
Following me as a shadow of mine…everywhere…every time
Parents would leave, family would say goodbye
But you would be always with me
I am proud of you dear death….to befriend you as a reliable one.

Having descended with this selfish body
I have some parsimonious requests to you
I have a few jocose kids
They would learn to ascend an acclivity
They would dare to cross a small blear brook
Their blossoms of dream would start to bloom.

I have a decorous wife
She would see my resemblance in her growing kids
And would be able to forget me
I have some convictions, they would be rooted firmly
Some hopeful eyes are looking toward me
They would be satiated.
The impure scars in my body
They would be swept away.

Once the warm rays of peace twinkle in my land
The people beyond the power center could enjoy it
In the dawn of blooming of prosperity
May the people would believe on toil and sweat for a better tomorrow!
In the time, the city jollying in festival of lights
In the time, the remote village would be thrilled in ancient dance
I would embrace you with a cute smile.

I don't need anything more, death!
During my long march to eternity with you
May some strange eyes would filled with tears in my departure!
In the alma-matar where I learnt the first syllable
Pupils would tell my story
When the golden sun-beams would be descending along the Himalayas
In one beautiful dawn of spring
Sooner or later, I don't care
I would surrender myself in your embrace.

San-Sebastian, Spain
7 March, 2012

Sunday, March 11, 2012

मृत्यूलाइ पत्र


मृत्यूलाई पत्र
 
प्रिय मृत्यू !
तिमी छोइने गरी पछि लाग्यौ म च्याहाँ गरेको दिन
सधैं मेरो छाया बनेर सँगैसँगै
जन्मदाताले छाड्नेछन्, प्रियसी र सन्ततिहरुले बिदा गर्लान्
तर तिमी सधैं मेरै साथ हुनेछौ,
तिमीजस्तो साथी लिएर आएकोमा मलाइ गौरव छ मृत्यू ।

यो स्वार्थी शरीरसँग ओर्लेपछि
तिमीसँग केही तुच्छ अनुरोध छन् मेरा
केही आत्मज÷तनयाहरु छन्
ती उकालोमा चढ्न सिकुन्
धमिलो सानो खोला तर्ने आँट गरुन्
तिनका निजी सपनाले पालुवा हालुन्

एउटी अर्धाङ्गिनी छ,
सन्तानको बढोत्तरीमा पतिको छायाँ देखोस्
अनि भूल्न सकोस् मलाई ।
केही आस्थाहरु छन् तिनले जरा टेक्न पाउन्
मलाई हेर्ने केही मानिसका आशालु आँखाहरु छन्
तिनले तृप्ति पाउन् ।
मैले बोकेको शरीरमा लागेका दागहरु
पखालिएका होउन् ।

मेरो देशमा शान्तिको रापिलो किरणमा
सत्ताको शक्ति नहुनेहरुले ढाड सेक्दै होउन्
समृध्दिको कोपिला पलाएको बेला
भोलीका आशामा आज मान्छेका पसिना रहर गरेर बगून्
शहरमा एउटा उत्सव हुँदै गर्दा
गाउँको आँगनमा ख्याली नाच गम्केको बेला
म तिम्रो बाहुपाशमा समर्पित हुन पाऊँ–मन्द मुस्कान सहित ।

अरु मलाई केही चाहिंदैन मृत्यू
तिमीसँग साथ लागेर अनन्त यात्रामा निस्केको बेला
मेरा नाताबाहेकका केही मानिसहरुका आँखा रसिला होउन्
मैले कखरा पढेको स्कूलको धुलोमा
पछि छाप लाउन आउनेहरुले मेरा कथा हालून
सूर्य–किरणले मेरो हिमालको टाकुराबाट बेशीतिर ओर्लंदै गर्दा
एउटा बसन्तको मनोरम बिहानीमा
त्यो दिन ढीलो होस् या चाँडै–मलाई वास्ता छैन,
म तिम्रो बाहुपाशमा खुशीसाथ समर्पित होऊँ । 












फाल्गुण २५, २०६८
सानसेवाष्टियन, स्पेन

Friday, March 2, 2012

Reflections and shadows


Reflections and shadows

In this dusk of Friday
Church-bell slaps six times on the TIME.
Colorful lights twinkling in row along the Urumea River
Image of moon undulates in Urumea's waves
And, a piece of cloud chuckles upon him.

Oh lady! From the country of birds and shadows
Your smile is sacrosanct like the snow-capped mountain
Dip you scars of melancholy into the holy waves
Shove it toward the bay of Concha
A lad has come from the lap of Himalaya
Says- Life is only ascendance toward the height"
Oh lad! Having sweet voice like the luscious dates
Remember! Heights are not everlasting
Once they raise and again they crumble down
Life is better reflected with these waves of Urumea.

A Mohammedan from the country of dates and camels
Fondles his beard with twinkling eyes, and heralds-
"Identity of human kind can be alive only in religion"
Oh adherent of religion! Why the cleric is not out of greed?
Love of all humankind is not the widest religion?
Just the cleric is back from his prayer at the Church
But the mellifluous-voiced lady from the country of Pyramid of Moon
Isn't sacrosanct and immaculate than the cleric?

Few yellow leaves are floating over Urumea
Life is just like these yellow leaves
That has to mingle into the Northern Sea one day
We have pasted the cosmetic of identities in our faces and names
Nobody prefer them named -caterpillar, snail or jackal
Bhishma, Martin, Maria, Ahmed, Crystal…Wow! How pretty names!
But, our narrowed souls covered by a piece of black curtain
Despite echoing the holy verses of Geeta, Bible, Quran and Dhammapad every morning
Rather than smiling with small ray of light
Why prefer scraping healing wound of the past and befall in pain?

One day!
We have to disappear into the eternity
Like these leaves flowing toward the ocean
O lady! From the land of nightingale and shadows
Why this melancholy?
Come! Let's flow together
Like these waves! These floating leaves!
Under the twilight of a crescent -moon
In search of light-hearted souls… incessantly….

San Sebastian, Spain
February 25, 2012

Popular Posts (लोकप्रिय रचनाहरू)