मन परे लाइक

Sunday, January 8, 2012

एक्लो म दुःखी हैन

एक्लो म दुःखी हैन

एक्लो म दुःखी हैन, फेरी किन यो आँसू
केवल म प्यासी हैन, फेरी किन गुनासो

झुल्किन्छ फुत्त कैले मुस्कान एक छिनको
खुशी त एक पलकको उदासी रात दिनको
क्यार्नु सुकेर पीरले, जीवन कति पो छ र ?
बेस हो कि म त भन्छु, सन्तोष नै हो भर
एक्लो म दुःखी हैन


तर यो महासमरमा पापी र लोभी आसा
खोसेर नींद चैन बाँधेर मोह पाशा
घृणा र क्रोध कैल्है, हाम्रा नछुट्ने साथी
निचोर्ने निर्धा सोझा, धिक्कार त्यस्तो छाती
एक्लो म दुःखी हैन...

उस्तै छ हाड मासु, उस्तै छ रक्त बिन्दू
उस्तै दुःखाई हुन्छ, उचनीच यो परन्तु
आउ मिलाउँ हात, हे मानवादि जाति
बाँडेर सुख दुःख चौडा बनाउँ छाति
एक्लो म दुःखी हैन............

सासायामा डाँछी १५१५
२०६४।१२।२२

No comments:

Post a Comment

Popular Posts (लोकप्रिय रचनाहरू)