मन परे लाइक

Sunday, January 8, 2012

गाउन साथी

गाउन  साथी
गाउन साथी गजल गीत सुनूँ म मीठो निद्रा परी
रिमझिम रिममिmम बर्सोस् झरी , नाचून् खुब् इन्द्रिणीकी परी
गाउन साथी........

सरसर सरसर साईंसाईं सुईंसुईं बगोस् सुगन्धी पवन्
टिल्पिल् टिल्पिल् सितार चम्कून, खूलोस् नीलो गगन्
गाउन साथी .....

टल्पल् टल्पल् मोती खुलेझैं टल्कोस् उषाको शीत
सुनौला किरण प्रभात सँगै धर्तीले गाँसोस् प्रित
गाउन साथी ...........

छन्छन् झन्झन् संगीत झन्कोस् ती सात स्वरको धून्
यी कान गुञ्जून् स्वर सुधाले, धर्तीले आकास् चुमून्
गाउन साथी .......

झल्मल् झल्मल् दीपऽशीखामा प्रेमको ज्योती बलोस्
शान्त र सुखी होउन् दुनियाँ, संसार फूलोस् फलोस्
गाउन साथी ...........

ज्येष्ठ ५, २०५७
बुद्ध जयन्ती

No comments:

Post a Comment

Popular Posts (लोकप्रिय रचनाहरू)