मन परे लाइक

Sunday, January 8, 2012

उस्तै उड्ने बादल

उस्तै उड्ने बादल

उस्तै उड्ने बादल् उस्तै उड्ने मन
जति हावा चल्यो बादल् उति उड्छ झन्
जति धेरै कुरा प¥यो, उति उड्छ मन्
उस्तै उड्ने बादल............

बादलले धुम्मिएर चन्द्र सूर्य ढाक्छ
मन आफै धुम्मिएर बिवेकलाई छेक्छ
डरलाग्दो कालो बादल उस्तै कालो मन्
भगिरन्छ बादल उस्तै भाग्छ मन्
उस्तै उड्ने बादल.............

बादलको किनारामा चाँदिको छ घेरा
उस्तै घेरा मनभित्र आसाको छ डेरा
चञ्चल सधैं बादल उस्तै चञ्चल मन्
रुप फेर्दै हिड्छ बादल, भाका फेर्छ मन्
उस्तै उड्ने बादल.............


दर्किएर आकासबाट बादल हुन्छ छङ्ग
बर्सिएर आँखाबाट धोइइन्छ मन
इन्द्रेणीमा हाँछ बादल, मयुर नाच्छ झन
प्रेमभित्र हाँछ संसार, सन्तोषमा मन्
उस्तै उड्ने बादल.............

२०६२।२।२६



No comments:

Post a Comment

Popular Posts (लोकप्रिय रचनाहरू)