मन परे लाइक

Sunday, January 8, 2012

अब एउटा बिनती

अब एउटा बिनती

अब एउटा बिनती बाँकी छ सुन्नू
हात जोर्छु झिंजो मानी कान नथुन्नू
अब एउटा बिनती ........

पेटमा बिष हुन्छ अरे , मीठो बोली बोल्ने कति
तानाबाना बुन्छन् अरे, साथ दिन्छु भन्ने कति
मलाइ जस्तो बिझ्ने गरी अरुलाई न भन्नू
            बरै अरुलाई नभन्नू
अब एउटा बिनती .................

दुखीयाको मनको जलन दुखीयाले मात्रै बुझ्छ
मुखीयाको छाना छाउने मान्छे भने आफु रुझ्छ
एक्कै छिनको चहलपहल हेरेर नभुल्नू
            तिमी, दुःखमा नगल्नू
अब एउटा बिनती ......

सपनाको दुनियाँलाई साँच्चै मेरो हो नभन्नू
पसिनामा रमाउनेलाई कैल्यै सानो हो नभन्नू
अन्धकारमा छाडी गयौ आफू अघि बढ्नू
            तर बाटोमा नलड्नू

अब एउटा बिनती ........

२०६२।२।२६
अफिस जाँदा बाटोमा

No comments:

Post a Comment

Popular Posts (लोकप्रिय रचनाहरू)