मन परे लाइक

Sunday, January 8, 2012

पारी डाँडा

पारी डाँडा कुहिरोले

पारी डाँडा कुहिरोले घुम्टो ओढाएछ
बर्खा लाग्यो मेरो खसम् किन आएनौ

झमझमी झरी पर्छ साउन महिना रुन्छ
घरको छाना तपतपी अगेनामै चुहुन्छ
कति डाँडा पारी बस्छौ, फर्कि आउने कैल्हे कैल्हे
किन आएनौ..............

रुख चढी हेर्छु म त डाँडा पारी पारी
क्हिले फुल्छ राजै हाम्रो सानो फुलवारी
आँसु झरी सरोवरी फरियाले कति पुछुँ ?
किन आएनौ..............


साउन मास अनिकालले ऐले खाला जस्तो छ
तिम्रै आसमा छट्पटिदै यो ज्यान जाला जस्तो छ
बाबा बाबा भन्छ छोरा, तिमीलाई  ठूलो धनै हो र ?
किन आएनौ..............


साथी मेरी नेउली चरी बिरहमा रुन्छे
बर्षे झरी रोइरोइ मेरै सास थुन्छे
बिहान लिई आउ प्यारा अन्धकारको छाति चिर्दै
किन आएनौ..............
  

No comments:

Post a Comment

Popular Posts (लोकप्रिय रचनाहरू)