मन परे लाइक

Sunday, January 8, 2012

म त लैा हराएँ

म त लौ हराएँ

भेट्छु कि जुन भनी दगुरी रहें म
ऊ झनै दगुरी मलाई गिज्यायो
म ढोका चिहाएँ नयाँ दिनको आसमा
न झुल्क्यो बिहानी उही रात आयो
भेट्छु कि जुन भनी .....

भारीले थिंचेर कति ढाड दुख्यो
म रोएर ढीका आँसुको पिएँथे
तररर्र बग्थ्यो पानी सरी खून्
भोली घाउ सुक्ला भनी हात चुसेथें
के मैले बिराएँ ? ? ? कति घात खाएँ
म निर्दोषि सत्ते... कति लात खाएँ
म धर्तीको धुलो आँधीमा बिलाएँ
ठोकिएँ पहाडमा झुठो बात पाएँ
तर पनि.....
भेट्छु कि जुन भनी दगुरी रहें म
ऊ झनै दगुरी मलाई गिज्यायो
म ढोका चिहाएँ नयाँ दिनको आसमा
न झुल्क्यो बिहानी उही रात आयो

लाछिएर हाँगा खसेँ रुखबाट
खोला तर्न खोजें पछारिएँ घाट
निचोरेर पेट खटाएँथे भोक
भोली पेट भर्छु भनी रात कटाएँ
मडारिई आयो घनघोर बादल
असिना खसेर अझै चोट खाएँ
(सुनिएका परेली बिस्तारै उचालेर )...
भेट्छु कि जुन भनी दगुरी रहें म
ऊ झनै दगुरी मलाई गिज्यायो
म ढोका चिहाएँ नयाँ दिनको आसमा
न झुल्क्यो बिहानी उही रात आयो ।

म भागेर आएँ कोसौ दुर टाढा
कपाल फुली आयो कमजोर गोडा
यी धमीला आँखा घोरिएर हेर्छु
म बाटो बिराएँ कि माटो समाएँ
अझै कत्ति भागूँ ए पर्खी न पापी
हराएँ ए बादल म बाटो बिराएँ
ढुनमुनिदै...
भेट्छु कि जुन भनी दगुरी रहें म
ऊ झनै दगुरी मलाई गिज्यायो
म ढोका चिहाएँ नयाँ दिनको आसमा
न झुल्क्यो बिहानी उही रात आयो

भूतखेल , चोभार, टौदह
नववर्ष २०६०


No comments:

Post a Comment

Popular Posts (लोकप्रिय रचनाहरू)