मन परे लाइक

Sunday, January 8, 2012

म त घामको टुकडा

म त घामको टुकडा

म त घामको टुकडा खसालेर ल्याउँला
हेरिराख पूर्व मेरी मायालु
म त जूनको हाँसो निचोरेर ल्याउँला
गरी राख धैर्य मेरी मायालु
म त घामको टुकडा.....

उडेर सेतो बादल छिचोली
    म नीलो सगरमा मीठो राग गाउँला
अँगालो भरेर सुनौला किरेनी
    माला उनी तिम्रो देह सजाउँला
म तारा टिपेर केश त्यो सजाउँला
    केही रात पर्ख न मेरी मायालु
म त जुनको हाँसो खन्याएर ल्याउँला
    नफर्क नफर्क न मेरी मायालु
म त घामको टुकडा....

म सागर छिचोली भरी अञ्जुली यी
    मोतीहार ल्याउँला न त्याग मलाई
म त इन्द्रिणीको कला चोरी झट्टै
    तिमीलाई दिउँला न छाड मलाई
यी सबै म गर्थें म भन्दिन ब्यर्थै
    यो जीवन छ शीत जस्तै मायालु
म सक्दिन किन्न महंगो यो हाँसो
    यो गरीबको आँसु छ सस्तै मायालु
म त घामको टुकडा.....

२०६१ चैत्र मसान्त
नयाँघरको डेरा, भूतखेल, चोभार

No comments:

Post a Comment

Popular Posts (लोकप्रिय रचनाहरू)