मन परे लाइक

Sunday, January 8, 2012

पुरानो यो बाटो

पुरानो यो बाटो
पुरानो यो बाटो फर्की आउँदा
सबै उस्तै थियो सानू तिमी थिइनौ ।

पहिरोले लछारेको पहाडको पाखा जस्तै
उराठिलो मरुभूमी खालीखाली आँखा जस्तै
रित्तो लाग्यो है सानू एक्लो लाग्यो है
तिमीबिना यो जीन्दगी फुक्लो लाग्यो है ।

तिम्रो डोली भित्राउँला भन्ने घर उस्तै थियो
हाम्ले ढोग्ने मन्दिरको देउता अझै उस्तै थियो
सुनो लाग्यो है सानू खाली लाग्यो है
हाम्रो पीरतीको कथा जाली लाग्यो है

हाम्रो साक्षी सिमलको बुढो रुख उस्तै थियो
गाउँघरका संगातीको सधैं दुख उस्तै थियो
आँसू झ¥यो है माया, गाँठो प¥यो है
तिम्रो उत्तर मेरो दक्षिण बाटो प¥यो है

तिम्रो आँसू पुछ्ने मेरो हात अझै उस्तै थियो
तर आज त्यो हातले तिम्लाई छुन हुन्न थियो
कहाँ पुग्यौ है सानू कस्की भयौ खै
तिम्रो बाटो हेर्ने झ्याल रित्तो भयो है

योकोहामा, छात्राबास
२०६४ असार १०
जापान

No comments:

Post a Comment

Popular Posts (लोकप्रिय रचनाहरू)