मन परे लाइक

Sunday, January 8, 2012

सोच्या हुन्छ यैाटा कुरा

सोच्या हुन्छ यौटा कुरा


सोंच्या हुन्छ यौटा कुरा भइदिन्छ अर्कै कुरा
देखे जति सपनाहरु कसैको नि हुन्न पुरा
सोंच्या हुन्छ .............

”लेखिएको निधारमा” चिना हेर्नेहरु भन्छन्
दुखियाले बाँझो खन्छन्, भाग्यमानी तारा गन्छन्
अभागीको चिसो चुल्हो, पसिनाको धारा
तिनै दुखी आपसमा पानी बाराबार
        ब्यर्थै, पानी बाराबार
सोंच्या हुन्छ यौटा कुरा.....

भाग्य मेरो आउला भनी बाटोहेरी बस्नु हुन्न
अल्छि मान्छे कहिल्यै पनि लक्षिमीको प्यारो हुन्न
डुङ्गा खियाएरु आफै नदी तर्नुपर्छ
पौरखीले आफ्नो भाग्य आफ्नै हातले कोर्छ

सोंच्या हुन्छ यौटा कुरा ......

२०६२।२।१५
अफिसबाट फर्कंदै गर्दा बाटोमा

No comments:

Post a Comment

Popular Posts (लोकप्रिय रचनाहरू)