मन परे लाइक

Sunday, January 8, 2012

झरीमा रूझेकी

झरीमा रुझेकी ए ऽऽ सुन्दरी !

झरीमा रुझेकी एऽऽ सुन्दरी ! यति बिघ्न उदास मुहार किन हो ?
बादल सँगै मन् उडेकी परी , बाँडिद्यौ अब सन्ताप मनको ।।

न सम्झ पुराना बितेका सपना, नहोलान् ती साँचा तिम्रो जीवनमा
न भीज अझैं रुझेको त्यो मनमा, किन बग्छ नदी तिम्रो नयनमा ?
आऊ, हिंडौं एक नयाँ गोरेटो.....................
झरीमा रुझेकी एऽऽ  सुन्दरी ! ...


त्यो पहाड छोप्दै उडेको कुहिरा,े छोप्दैछ तिम्रै हृदय अहो
यो झरी यो बतास् यिनी बाछिटा, थप्दैछ आँसु किन हो किन हो ?
आऊ, ब
निर्दोष मनमा खसेको पहिरो, रोके पनि मार्ग न निराश हौ
यो बादल यो झरी केही छिन् न हो, उड नीर गगनमा तयार हौ
आऊ, अझै लामो जीवन छ यो..................
झरीमा रुझेकी ए ऽऽ सुन्दरी !....
चाउँ आशाको दियो..................
झरीमा रुझेकी एऽऽ  सुन्दरी !...

भदौरे झरीमा
योकोहामा छात्राबास
२०६४।०५।०१

No comments:

Post a Comment

Popular Posts (लोकप्रिय रचनाहरू)