मन परे लाइक

Sunday, January 8, 2012

सधैंसधैंलाइ

सधैंसधैलाई

सधैंसधैंलाई छोडेर जाने, ए परदेशी मान्छे फर्कि नहेर
लिएर जाऊ सधैं रुझ्ने आँखा, म सक्तिन हेर्न बरु अन्धो पार
                        बरु अन्धो पार
सधैंसधैंलाई ..........

एउटा फूल फुल्दै थियो, कोपिलामै किरा लाग्यो
चरी उड्न खोज्दै थियो, शिकारीले प्वाँख झा¥यो
रुखो बोली बोल, अब न्याउलीको भाका नफेर
                            भाका नफेर
सधैसधैंलाई ..................

एउटा हेर्ने क्षितिज थियो तुवाँलोले छेकिदियो
एउटा बाँच्ने आशा थियो, उसैसँग सती गयो
रोक न रोक, मेरा हिड्ने गोडा, गर्छन अटेर
                            गर्छन् अटेर
सधैंसधैंलाई ......................

मनको ज्योति मनमै निभ्यो, उज्यालो त्यो सँगै गयो
ओत लाग्छु भन्ने रुख, समयले भाँची दियो
बाँध न बाँध, मेरो मनको बाँध, नेलै ठोकेर
                            नेलै ठोकेर
सधैसधैंलाई...................

एउटा टेक्ने हाँगा थियो, बतासले लाछी लग्यो
एउटा कोमल मुटु थियो, पत्थरले थिचिदियो
भाग  न भाग ए परदेशी छाँया, डाँडै काटेर
                            डाँडै काटेर
सधैसधैंलाई .......................


२०६२।३।९
भूतखेल, चोभार


No comments:

Post a Comment

Popular Posts (लोकप्रिय रचनाहरू)