मन परे लाइक

Sunday, January 8, 2012

हिउँदको तोरीबारी

ए  लै
किन पर्छ रात यहाँ मेरो मुटु थाल्छ दुखाउन
बन्द भै दे ए साउने झरी सकिन म आँसु लुकाउन
ए लै, हिउँदको तोरीबारी
मलाई सम्झी नरोउ पियारी

छोडी आएँ न्यानो झुप्रो, खोले फाँडो खान छोडेर
मै खेपुला सबै दुःख, नजाउ भन्थ्यौ हातै जोडेर
ए लै, हिउँदको तोरीबारी
मलाई सम्झी नरोउ पियारी

डाँडाका जून् बाबा आमा, आफ्नै आँगन हुँदो परदेश
धर्मराउँदै हिड्छन् होला त्यै गाउँमा बस्नु थियो बेस
ए लै, हिउँदको तोरीबारी
मलाई सम्झी नरोउ पियारी

डुब्ने हँु कि सागरमा आँधी बीच डुङ्गा डुब्ला कि ?
सप्ना देखे गाउँमै पुगूँ, मनको आगो केही निभ्ला कि ?
ए लै, हिउँदको तोरीबारी
मलाई सम्झी नरोउ पियारी

२०५६।१२।१२
पाँगा, कीर्तिपुर

No comments:

Post a Comment

Popular Posts (लोकप्रिय रचनाहरू)