मन परे लाइक

Sunday, January 8, 2012

यो बल्दै गरेको मुढो

यो बल्दै गरेको मुढो


केटाः यो बल्दै गरेको मुढो यो उड्दै गरेको खरानी
केटीः  यो ढल्दै गरेको रात, यो भिज्दै गरेको शिरानी

केटाः बित्दो रहेछ दिन बरु, डाँडाकाँडामा अल्झिएर
केटीः आकाश उड्ने ढुकुर जोडी, देखेर मन कल्पिएर
दुबै ः सपना आए’नि हुन्थ्यो बरु हुन्थ्योे कि मिलन कतै पनि
यो बल्दै गरेको...............
यो ढल्दै गरेको ..........


केटाः उड्छ जसरी यो खरानी, उड्दैछ यो मन उसैगरी
केटीः गल्छ उसै गरी यो तन्, जल्छ यस्तै मुढो सरी
दुबै ः एउटा यो अल्झन आसको, यो मृगतृष्णाको जीवनी
 यो बल्दै गरेको...............
यो ढल्दै गरेको ..........

केटा ः आउ कँसिला हात मिलाउँ, त्यागेर मनका कुभावना
केटी ः म पुच्छु आँसु तिम्रा तिमी, मलम लगाउ यो घाउमा
दुबै ः आउँछ रे स्वर्ग हाम्रै अगाडी, हाँस्छ रे ईश्वर जुनीजुनी

यो बल्दै गरेको...............
यो ढल्दै गरेको ..........

पौष २, २०६३
पञ्चवटी, स्वगृह

No comments:

Post a Comment

Popular Posts (लोकप्रिय रचनाहरू)