नयाँ यूगको कथा
असार लाग्यो । एउटा
परिवारलाई खेतमा धान रोप्न खेताला चाहिए । तीनबीस जति खेताला भए खेतको काम असारमै
सकिन्थ्यो । खेतालाहरु खोजियो । तीनबीस खेतालाले पुग्ने ठाउँमा तीसबीस खेताला
जबर्जस्ती आए । तीन हजार बर्ष अघिदेखिका थर गोत्र, जात सबैले कामको भाग पाउनै पर्छ भनेर तिनले लिडेढीपि कस्दै आफै खेताला
संख्या तोके । परिवारले ननिको मान्दै स्वीकार ग¥यो ।
असार त गयो गयो मंसीर
लाग्दा पनि ती खेतालाले सिन्को भाँचेनन् । बाचा गरे— “अर्को असारसम्म
पर्खनुस् न, रोपिहाल्छौ नि खेत ।” त्यस्ता
बाचा थपिइरहे । नयाँ नयाँ असार आइरहे गइरहे । घर परिवारले ऐंचोपैंचो गरेर, रिनपान गरेर तिनीहरुलाई ज्याला र खान्की जुटाउँदै
गयो । बर्षौं बित्यो । तिनले खेती लाउनु त कता हो कता अव त घर परिवारका सदस्यलाई
नै भाँड्न थाले । परिवार लडाएर आफ्नो खान्की र ज्याला पाउने अवधि लम्बाउँदै
जानथाले । अब खेत त नरोपिने नै भयो परिवारका सदस्यलाई खेतका एकएक फकटा भाग लगाएर र
छुट्टाछुट्टै कटेरा बार्न लगाएर ती कटेराको मालिक आफै बन्ने दाउमा खेताला लागे ।
परिवार न त खेताला फेर्न सक्छ न त ती खेताला आफै खेत छोडेर जान्छन् । कस्तो आपत !
तपाइँसग कुनै उपाय छ <
No comments:
Post a Comment