त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा रातको सवा १० बजे सचिव श्री कृष्णहरि बास्कोटाको पछि पछि लागेर प्रवेश गर्दा त्यहाँ सचिवको सेवामा हाजिर थिए —त्रि.वि. भन्सार प्रमुख महेश्वर न्यौपाने र शाखा अधिकृत मोहन चन्द र पुरुषोत्तम बस्ताकोटी । लामखुट्टे प्रसन्न मुद्रामा हाम्रा पाउ वरिपरि घुम्दै सेलो गाइरहेथे । धावन मार्ग बेहुली अन्माएपछिको दुलही घर जस्तो थियो र प्रस्थान-आगमनको सूचना मोनिटरमा अद्यावधिक गर्नेहरु पहिल्यै कुलेलम ठोकिसकेका थिए ।
चीनको बेइजिङ्ग र शेन्जेनमा सम्पन्न हुने बित्तीय संकट र विकासशील देशमा आर्थिक पुनरुत्थान सम्बन्धी मन्त्रीस्तरीय कार्यशाला गोष्ठीमा राजस्व सचिवको सहयोगीको रुपमा मलाई प्रथम पटक चीन भ्रमणको लागि चिट्ठी काटिएको थियो । तदनुरुप बिहानै घरबाट बिदाबादी भएर हिडेको थिएँ म । साँझ बिजुलीबजारमा दहीभात सोहोरेर हिडेकोले खानको पीर भने थिएन ।
मध्यरात भूतले खाजा खानेबेला (११ः४५ बजे) पूर्वीचीनको शहर कुन्मिङ्ग जाने बिमान आयो केही यात्रु लिएर । अध्यागमनका कर्मचारीहरु धेरैजसो पहिल्यै नै घरको ड्यूटीमा पुगिसकेका रहेछन् । राहदानीमा छाप हान्ने मानिसको पनि अभाव भएको कुरा थाहा भयो । त्यही विमान फर्कदै थियो हामीलाई समेत बोकेर । आधारातमा पहिलो नीदमा डुब्नेबेलामा हामीलाई बिदा गर्न बसेका साथीहरु पनि हाई काढ्ने बेला भै सकेको थियो तर पनि सचिवका रमाइला कुराले उँघ्नबाट भने रोकेको थियो ।
अन्ततः एकजना चिटिक्क परेकी नेपाल वायुसेवाकी कर्मचारी विशिष्टकक्षमा प्रवेश गरिन् जहाज बोर्डिङ्ग हुन लागेको सूचना लिएर । चाइना इष्टर्नको हवाइअड्डा ह्यान्डलिङ्ग नेपाल बायुसेवाले नै गर्दाेरहेछ । नेपाल बायुसेवा आर्यघाटमा महाप्रस्थानको घडी कुरीरहेको मदौरुजस्तो भैसकेको थियो र यसका बाँकी दुई आन्तरिक उडानका बिमानहरु पनि भर्खरै ग्राउण्डेड भएका थिए । सात समुद्र पारिका पुष्पक बिमानहरुले नेपाली यात्रुहरुको पैसा कुवेरकै अलकापुरीतिर फर्काइरहेका थिए भने बबुरो नेपाल बायुसेवा आक्कलझुक्कल उड्नलाई पनि बोकाको बलि पर्खेर बसिरहको हुन्थ्यो । त्यसमाथि राजनीतिको यति पिल्साई थियो कि बामेसर्न खोजे सयौं घोडा चढ्न आउँथे लत्रे पनि गाली मात्र गर्थे । हिड्न लौरो किन्न खोजे त्यसमा कमिसनको शंकाले लङ्का जलाउँथ्यो र अन्ततः नेपाल बायुसेवा यात्रुको होइन विमानअड्डामा लत्रेर बायू देवताको मात्र सेवा गर्न अभिशप्त भैरहेथ्यो । कमसेकम त्यस्तो बायुसेवाका कर्मचारी भने अझै चिटिक्क पोशाकमै थिए ।
विमान उड्नेबेलामा सबैका आँखा राता भैसकेका थिए । निद्रादेवी आफ्नो शासनमा दखल पु¥याएकोमा शायद क्रोधित थिइन् । आग्नेयकोण समातेर हिंडेको बिमान नेपालको पूर्वी सीमाना कट्ने बेलादेखि नै बादलमा बिजुलीको ताण्डवनृत्यको आनन्द लिंदै बेलाबेलामा प्रकम्पित हुन्थ्यो । विमानमा केही बेकरीका परिकार उदरस्थ गरेपछि एकछिन् झकाउने प्रयास गरियो तर सीट यस्तो लम्बीय थियो कि एकछिनमै घाँटी अररो हुन्थ्यो । तर पनि अपेक्षा गरेभन्दा केही मिनेट अगाडी नै कुन्मिङ्ग विमानस्थलमा विमानले पाइला टेक्यो।
स्थानीय समय अनुसार बिहानको सवा चारबजे हामीले चीनको भूमी टेकेका थियौं । विमानमा अधिकांश नेपाली यात्रु रहेछन् । त्यसमध्ये किशोरहरुको एउटा ठूलै लस्कर चीनका विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्न पहिलो चोटी आमाको काख छोडेर आएको थियो । सफलताको कामना सहित निधारमा लगाएका अक्षताहरु विमानमा उँघ्दानै सबैले सीटमा दलिसकेका थिए । तिनका निधारमा राता छापमात्र बाँकी देखिन्थे । ती युवकहरु सुखद् सुदूर भविश्यको घुर्मैलो डोरीले तानिएका थिए । पहिलो पटक बिदेशी भूमी टेक्दा ती अलमलिएका, केही डराएका र हडबडाएका देखिन्थे, अध्यागमनको लाइनमा । तिनका बाबुआमाले भविश्यहीन अवस्थाको आफ्नो मुलुकमा सन्तानको आशालाग्दो भविश्यका लागि तिनीहरुलाई गुँडबाट बिदा गरेका थिए । छिनछिनमा नेपालीहरुको ठूलो जमातले उच्चस्वरको हाँसो गुञ्जाउँदै बेलाबेलामा नेपाली स्वभावलाई प्रस्फुटित पार्दथे ।
भैंसीबारीमा एक्कासी मकै पस्दाको क्षणमा किसान हडबडाएर निद्राबाट उठेझैं त्यहाँको अध्यागमनका कर्मचारीहरु पनि एकाएक तिनका कुर्सीमा दाखिला भए आँखा मिच्दै । राम्ररी नींद नखुलेका तिनीहरु अध्यागमनको लागि सूचना प्रविष्टगर्दा पनि अलमलिएका देखिन्थे । केहीबेर त्यहाँको प्रक्रिया अल्मलिएपछि बिमानस्थलको दोश्रो तलामा हामी उक्लियौं जहाँबाट बाहिर प्रस्थान गर्ने बिमानहरुको ताँती देखिन्थ्यो ।
पुगनपुग तीन घण्टा बिताउनु थियो त्यहाँ । अर्को विमान समात्नु थियो बेइजिङ्ग शहरका लागि जुन स्थानीय समय अनुसार बिहानको आठबजे उड्थ्यो । त्यो विमान समात्न पर्खिरहेको बेला एक चीनियाँ युवक आयो र हाम्रो टिकट माग्दै कहाँ जाने, कहाँबाट आएको भनेर सोधखोज गर्न लाग्यो । यसो हेर्दा बगलीमारा जस्तो देखिने त्यो युवकप्रति पहिले त शसंकित भइयो तर परिचयपत्र झुन्ड्याएको देखेपछि के पो गर्ला र भनेर त्यसको पछिपछि लागियो । अर्को सज्जन देखिने युवकले हाम्रा राहदानी र टिकटहरु लियो र सम्बन्धित काउण्टरमा गएर फटाफट काम सिध्याइदियो । जब बोर्डिङ्गपास हाम्रो हातमा थमाइयो तव त्यो पहिलेको केटोले चीनियाँ मिश्रित अंग्रेजीमा केही भनिरहेको सुनियो । अलिबेरको प्रयासपछि बल्ल बुझियो उसले भर्खरै गरेको कामको ज्याला मागिरहेको थियो टिप्सको रुपमा ।
शंका त पहिले देखि नै लागेको थियो यसले निस्वार्थ केही गरिरहेको होइनहोला भन्ने । तर पनि चीनले विकासको गति लिएसँगै नै यस्ता स्वयंसेवक परिचालन गरेर सरकारी सेवा–सुविधालाई प्रभावकारी बनाएको पनि त हुनसक्छ भन्ने लाग्यो । हामीलाई सम्बन्धित काउण्टरमा पु¥याएर उनीहरुले सहयोग त पक्कै गरे तर अन्तमा पैसा माग्नु र हामीले तिनीहरुलाई दिनका लागि दुईचार डलर खुद्रा पनि नभएपछि अलि नमज्जै भयो ।
निश्चित समयभन्दा करिब आधा घण्टा पछि बल्ल कुन्मिङ्ग विमानस्थलबाट चाइना इस्टर्नको आकासतिर बतासियो । रातभरको अनिंदोमा बिहानको घामको राप शरीरमा पर्नेबित्तिकै तोङ्वा तानेको बाहुनजस्तै भयो ज्यान । काठमाडौंबाट कुन्मिङ्गसम्म बोकेर ल्याउने विमानमा भन्दा यसमा हाँस्न पनि जानेकी विमानपरिचारिका थिए र सेवा पनि राम्रो थियो । निरन्तर पूर्वोतर लागेको बिमानबाट तल अनन्त क्षितिजसम्म बादलको बाक्लो सिरकले ग्वाम्लाङ्ग छोपेको थियो र धर्तीका कुनै भाग नदेखिंदा कतै अन्तरिक्षमा उडिरहेको अनुभूति हुथ्यो । बादबीचबीचमा खानपिउनका लागि जाग्दै अरु समयमा तन्द्रामा रहँदै बेइजिङ्ग विमानस्थलमा ओर्लंदा केही समय अघि हल्का पानी परेर चिसिएको विमानस्थल शीतल र बिस्तीर्ण देखिन्थ्यो ।
विमानबाट बाहिर निस्कनै लाग्दा त्यसको मुखैमा अप्रत्याशित रुपमा एकेडेमी फर इन्टरनेशनल बिजनेश अफिसियल्सकी सहनिर्देशक चेन र उनको समूह स्वागतमा उभिएका भेटिए । सचिवको नाम लेखेको कागज देख्ने बित्तिकै मैले संकेत गरें सचिवतिर । टाउकोलाई भन्दा पुच्छरलाई सिंगार्नुपर्ने भनेझैं म टाईमा ठाँटिएको तर सचिवचाहीं सादा पोशाकमा । बाहिर निस्कँदै गरेकी विमान परिचारिका झुक्किहालिन् । चेनले शुभप्रभात महामहिम भनेको सुन्ने बित्तिकै उनले मेरो हातमा रहेको काखे–कम्प्यूटर (ल्यापटप) सहितको झोला बोकेर हिंडिहालिन् । तुरुन्त सचिवको झोला पनि चेनको टोलीले बोकीहाल्यो । शब्दैपिच्छे “हो महामहिम” भन्दै यति भद्र र आतिथ्यपूर्ण तरिकाले चेन प्रस्तुत भैरहेकी थिइन् कि मानौं कुनै देशको बादशाह नै आएको हो । हाम्रा झोलाहरु प्नि अति बिशिष्ट कक्षमा ल्याइए । चियाबाट आतिथ्य भयो र क्षमकुशल पनि ।
“यस बर्ष त हामीले धेरै ===यति धेरै कि======) नेपाली अधिकारीहरुलाई चीनमा बोलायौं कि====” चेन यसरी भन्दै थिइन कि मानौं त्यहा जन्तीका जन्ती नेपालीहरुलाई बोलाइएको होस् । हुन पनि यसबर्ष उधुमै हुने गरी थरीथरीका कार्यक्रममा नेपालीहरुलाई उत्तरको छिमेकीको घर पाहुना लाग्ने मौका मिलेको थियो । ती मध्ये दर्जनौं कार्यक्रम त श्रीमती चेनलाई पत्तै नभएको हुनु पथ्र्यो । नेपाली अधिकारीहरु आफ्नो ड्यूटीको रतिभर पनि चिन्ता नगरी तीनहप्ते चीन भ्रमणमा निस्केका थिए चाहे भ्रमण कार्यक्रमले तिनको जागीरसँग १८० डिग्रीको सम्बन्ध राखोस् । के सिक्ने, त्यो आफूलाई काम लाग्ने हो होइन त्यसको मतलब कसैलाई थिएन र आतिथेयले पनि केही सिकाउन भन्दा हाम्रो देश निशुल्क घुमेर खाउन् र तिनलाई नून लागोस् भनेर बोलाएजस्तो पनि थियो केही कार्यक्रमहरुमा ।
हुन त म पनि तिनै भातेहरुमध्ये थिएँ जो आफ्नो खेत बाँझै राखेर छिमेकीकोमा भतेर खान हिंड्छ । फरक त्यतिमात्रै थियो कि मलाई सचिवको सहयोगीको आवश्यकता महसूस गरी पठाइएको थियो । यसरी ( एकेडेमी फर इन्टरनेशनल बिजनेश अफिसियल्स) को आतिथ्यमा उच्च सरकारी अधिकारीको अतिथिसत्कार ग्रहण गर्दै हामी बेइजिङ्गको छैठौं चक्रपथभित्र पर्ने -एआइबिओ_ को डिलक्स अतिथि कक्षमा भित्रियौं बिहानको ११.३० तिर ।
बाटोमा सचिवसँग जागीरकै बारेमा कुराकानी भए । लोकसेवा उत्तीर्ण गर्ने एकमात्र सुत्र त्यसलाई मिसनको रुपमा लिने र त्रिबर्षीय योजना ६ पटक पढीसिध्याउने र १० बर्षका बजेट भाषणमा कुनमा के थियो याद गरेका अरु केही चाहिदैन भनेर उहाँले भन्नुभयो । नेपाली कर्मचारीतन्त्रमा सकारात्मक सोचको अभाव नै सर्बाधिक ठूलो समस्या हो भन्ने कुरा उहाँले गर्नुभयो । यसरी करीब १ घण्टाको बाटो थाहै नपाई काटिएछ ।
डिलक्स अतिथिकक्षको सुविधा हेर्दा यो लाग्दैनथ्यो कि यो शैक्षणिक प्रतिष्ठान हो । पौडीपोखरी देखि होटलसम्म, टेनिस कोर्टदेखि भव्य श्रव्यदृष्यजडित सेमिनारकक्षहरु सम्म सबै निकै व्यवस्थित थिए ।
मे १८
एकेडेमी फर इन्टरनेशनल बिजनेश अफिसियल्सको मूल भवन यसरी सिंगारिएको थियो कि मानौं त्यहाँ इन्द्रसभा हुँदैछ । टेलिभिजन पत्रकारहरु, रेडियोकर्मीहरु, आफ्नो जिम्मेवारीका लागि फूर्तिसाथ र सचेततापूर्वक खटिरहेका कर्मचारीहरु र त्यो रङ्गीचङ्गी वातावरण साँच्चि नै अनुपम थियो । राजस्व सचिव र म रातो कार्पेट हुँदै मुख्य स्वागत कक्षमा पुग्यौं जहाँ टेलिभिजन क्यामराले हाम्रा अनुहार कैद गरे । गोजीमा सुनगाभा -अर्किड_ का पुष्पगुच्छा सिउरी दिए । एउटा मखमलले मोरेको स्मारिकामा हाम्रा हस्ताक्षर गराइए र हामीलाई स्वेत बस्त्रधारी युवतीले सभा हलतर्फ दिशानिर्देश गरिन् ।
भ¥याङ्गमा अन्य देशका झण्डासहित हाम्रो देशको झण्डा देखेपछि एक किसिमको आत्मियता लुटपुटिएर आयो । देश छाडेपछि झण्डा प्रति साह्र अनुराग हुँदो रहेछ । यो अनुभव जापानको अर्थ मन्त्रालय र नेशनल ट्याक्स एजेन्सीमा राष्ट्र प्रतिवेदन (Country Report) प्रस्तुत गर्दा पनि भएथ्यो ।

मन्त्रीहरु, कूटनीतिक नियोगका प्रतिनिधि र अन्य निम्तालुका लागि छुट्याइएका स्थानमा आफ्ना सीट पहिल्यायौं र बस्यौं तत्तत् स्थानमा । बेइजिङ्गस्थित नेपाली राजदूतावासका प्रतिनिधि -काउन्सिर+_ श्री निर्मलराज काफ्लेलाई त्यहीं भेटियो ।
सीटमा राखेका व्यागमा AIBO लेखिएका टिसर्ट, कार्यक्रम पुस्तिका, हेडफोन लगायतका सामग्रीहरु राखिएका थिए । हेडफोनमा अङ्गेजी, स्पेनिश र चीनियाँ भाषा छनौटको अवसर थियो आफ्नो अनुकूल हुनेगरी । २० देशका ३८ प्रतिनिधि, चीनस्थित बिदेशी कूटनीतिक नियोगका पदाधिकारीको समेत उपस्थिति, चाइना सेन्ट्रल टेलिभिजन र प्रतिष्ठित चीनियाँ कम्पनीहरुका प्रतिनिधि उपस्थित थिए त्यस समारोह ।

भव्य समारोहसँगै उद्घाटन समारोह सम्पन्न भयो र AIBO ३० औं बर्षमा प्रवेश गरेको घोषणा गरियो र उत्तरोत्तर प्रगतिको शुभकामना बर्षाउने काम भयो र यसे बिभिन्न देश बीचको आर्थिक तथा व्यापार सहयोग बढाउने र एकताको चुनौतीलाई समाधान गर्ने अपेक्षा गरियो । भविश्यको एकताको सुत्र र समयसँगैका नयाँ चुनौती र परिवर्तनसँग समायोजन गर्न सबल होस भन्ने कामना गरियो ।
AIBO का उपसभापति ली चियाङ्गगोको सभापतित्वमा भएको उद्घाटन समारोहमा त्यसका उपमहानिर्देशक झु लिउगुईले स्वागत मन्तव्य पढेर सुनाए । लगत्तै चिनीयाँ बाणिज्य उपमन्त्री फु जियिङ्ग, AIBO का सभापति जिन सु, AIBO का कर्मचारीहरुको प्रतिनिधित्व गर्दै श्रीमति लौ गुइफाङ्गले भाषण गरे । त्यसै गरी पाहुनाहरुको प्रतिनिधित्व गर्दै Party School of China State Organs का उपसभापति झाओ जियाङ्गुओले भाषण गरिसकेपछि AIBO को उत्सव समारोहको पहिलो खण्डको पटाक्षेप भयो ।
अब पालो थियो बित्तीय संकट र विकासशील देशमा आर्थिक पुनरुत्थान सम्बन्धी मन्त्रीस्तरीय कार्यशाला गोष्ठीको उद्घाटन समारोह । अन्तराष्ट्रिय सम्मेलन हलको दोश्रो तलामा भएको उक्त समारोहको सभापतित्व गरे AIBO का महानिर्देशकले । पुन भाषण गर्न उठे– चीनियाँ बाणिज्य उपमन्त्री फु जियिङ्ग । पाहुनाहरुको तर्फबाट युगान्डाकी अर्थमन्त्री Syda Bbumba र थाइल्याण्डका मन्त्री Virachai
Virametiekul ले शुभकामना मन्तव्य व्यक्त गरे । थाइल्याण्डमा राजनीतिक अस्थिरता चरमचुलीमा थियो । पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राका समर्थक र सुधारबादी “राता कमिजधारी”हरुले आन्दोलन चरमोत्कर्षमा पु¥याएका थिए भने त्यहाँको सेनाले करिब ८५ जना आन्दोलनकारीको ज्यान लिइसकेको थियो (त्यो आन्दोलन अन्ततः आर्मी परिचालन गरी कुल्चिइयो र तीन महिना लामो आन्दोलन समाप्त भयो ।
सबै पाहुनाहरुका उपस्थितिमा दक्ष फोटोग्राफरले फिल्म निर्देशनको शैलीमा फोटो खिचेपछि बिहानीशत्र सकियो । बिहानको प्रथम चरणको समारोह सकिएपछि स्वागत भोज दिइयो । खानेकुरा यसरी सजाइएको थियो कि प्रत्येकमा अद्भूत कलाकारिता देखिन्थ्यो । शाकाहारी भएकोले सयौं परिकारहरुका बीच पनि आफूले खाने के भनेर केही छिन यताउता भौंतारिएँ पनि । अन्ततः केक र फलफूल लिएर क्षुधा शान्त पारियो ।
दिउसो बित्तीय संकट र आर्थिक पुनरुत्थान सम्बन्धी गोष्ठी चल्यो । चीनियाँ बिद्वानहरुले बित्तीय संकट र यसको समाधानका लागि सैद्धान्तिक र अनुभवजन्य बिषयमा भाषण गरे । पहिलो बक्ता थिए China Central University of Finance and Commerce का उपसभापति प्राध्यापक शी जियाङपिङ । बैंक व्यवस्थापन, बित्तीय जोखिम व्यवस्थापन र ग्रामीण बित्तका अनुसन्धाता शीले निर्यातमा अत्यधिक निर्भरताले खतरातर्फ अर्थतन्त्रलाई डो¥याउने खतरा भएकोले त्यसका लागिModerate Looser मौद्रिक नीति –Statutory Reserve of Deposit को समायोजन, व्याजदर समायोजन र नयाँ सिर्जित ऋणको बार्षिक परिवर्तन जस्ता उपकरणको प्रयोगबाट), सक्रिय बित्तीय नीति (लगानी बिस्तार, कर नीतिमा परिवर्तन र उद्योग प्रवद्र्धनका उपायहरु) चीनले अवलम्बन गरेकोले त्यसका परिणतिहरु चीनियाँ अर्थतन्त्रमा स्पष्ट प्रभाव देखिएको कुरा गरे उनले । जसको फलस्वरुप अर्थतन्त्रले स्पष्ट सुधारका संकेत देखाएको, स्थानीय उपभोग बढेको, उपभोक्ता आत्मविश्वास परिसूचक(Consumr Confidence Index) बढेको र बित्तीय प्रणाली सुधारोन्मुख रहेको तथ्य प्रस्तुत गरे उनले । चीनियाँ अनुभवका निष्कर्ष थिए –

- बित्तीय संकट सामना गर्न केन्द्रीकृत राष्ट्रिय प्रणाली आवश्यक हुन्छ,
- केही हदसम्म योजनाबद्ध अर्थतन्त्र असल हुन्छ,
- ग्राहस्थ्य माग बढाएर आर्थिक बृद्धि कायम राख्न सकिन्छ,
- कडा बैंकिङ्ग नियमनमा जोड दिनु अपरिहार्य हुन्छ ।
अब बोल्ने पालो थियो चीनियाँ जनकांग्रेसको स्थायी समितिकाको नवौ र दशौं सेसनका उपसभापति र बरिष्ठ अभियन्ता चेङ्ग शिवेई । यी इन्जिनियर अमेरिकाको University of California बाट समेत दीक्षित थिए । उनले जोड दिएका कुरा थिए–
- विश्वव्यापीकरणका कमजोरीहरु छन्ः
- विश्व व्यापार संघका सदस्यहरुबीचकै असक्षमता र भिन्न भिन्न स्वार्थले पनि समस्या सिर्जना भएको छ ।
- विश्वव्यापीकरणबाट सिर्जित समस्या समाधानका लागि सरकारको ठूलो भूमिका रहन्छ जसको अभावमा आन्तरिक गतिशीलता सम्भव हुँदैन ।
- बजार शक्ति वा सरकारी हस्तक्षेप के मा भर पर्ने भन्ने नै अहिलेको विवाद हो ।
- अमेरिकीहरु सोंच्छन् कि अमेरिकीले बढी उपभोग गर्ने र पूर्वी गोलाद्र्धका देशमा बढी बचत गर्ने गर्दा यो समस्या आएको हो तर त्यसो होइन, बित्तीय तोडमरोड -manipulation_ मुख्य जड हो ।
- यदी अमेरिकाले कठीन भएतापनि आफ्नो बित्तीय क्षेत्रलाई नियमन गर्दछ भने संसारले त्यो नै ईश्वरीय बरदान सावित हुनेछ ।
- बढ्दो बैदेशिक ऋणले युरो क्षेत्रको स्थायित्व र विकासलाई असर पार्नेछ ।
- आपसी सहयोगका आधारमा गरिएको खुला बजार नै राम्रो हुन्छ ।
- संकटको बेला stimulus package कुन बेला अर्थतन्त्रमा inject गर्ने भन्ने कुरा पत्ता लगाउनु र तदनुरुप गर्नु निकै कठीन काम हो ।
- विकसित देशबाट बित्तीय संकट शुरु भएतापनि यसले विकासशील देशमा asset bubble ल्याउने संभावना उत्तिकै रहन्छ ।
- आर्थिक पुनर्संरचना गर्दा उद्योगधन्दामा नवप्रवर्तनलाई जोड दिनु पर्छ ।
- देशका आर्थिक स्वार्थ एकअर्कामा प्रतिस्पर्धी भएतापनि आपसी सहयोग र फाइदाका लागि त कुनै बिन्दुमा समझदारी गर्नै पर्छ -compromise in one point despite competing_
विद्यमान आर्थिक संकटबाट विकासको दीगोपनका लागि देहायका पाठ सिक्नु पर्छ भन्ने उनको मत रह्यो –
- माग र उपभोग तथा पूर्ति र उपभोग बीच सन्तुलन
- आन्तरिक र वाह्य माग बीच सन्तुलन
- उपभोक्ता मूल्य सूचकांक र व्याजदरबीच समायोजन
- बित्तीय नवप्रवर्तन
- अवास्तविक -virtual_ र वास्तविक-real_ अर्थतन्त्रबीच सन्तुलन र
- आर्थिक विश्वव्यापिकरण र क्षेत्रीय एकिकरणबीच सन्तुलन ।
यद्यपि आजका प्रस्तुतिहरु अन्तरक्र्रियात्मक भन्दा पनि व्याख्यात्मक बढी थिए तर पक्कै पनि निकै सूचनामूलक र उपलब्धीपूर्ण थिए ।
AIBO. Love साँझ
यो कार्यक्रम मेरा जीवनका मनोरम अनुभूतिहरुमध्येकै अति महत्वपूर्णमध्ये एक रह्यो । साँझको खाना खाने बित्तिकै सो कार्यक्रम शुरु भयो । एउटा ठूलो थिएटरको रुप दिइयो दिउसोकै सम्मेलन हललाई । रङ्गीचङ्गी बत्तीहरु बले । एउटी परीको भेषमा देखा परिन् उद्घोषिका । चीन र जापानका सम्राटहरुका पटरानीहरुले पहिरिने पछाडी सम्म लत्रने राजसी बस्त्र छिनछिनमा फेर्दै ती प्रस्तुत हुँदा लाग्थ्यो देवताहरुले जस्तै मनले कल्पेरै चाहेको बस्त्राभूषणमा ती तत्काल बदलिन सक्छिन् । तिनले चीनियाँ भाषामा गरेको उद्घोषण अर्की दोभाषेले अंग्रेजीमा अनुवाद गरिदिन्थिन् ।
चीनियाँ सभ्यताको शताब्दीयौं लामो बिरासत त्यहाँको कला र संस्कृतिमा अझै बाँचिरहेको छ । राजनीतक उथलपुथलका क्रममा मासिएका संस्कृतिहरु बजार अर्थतन्त्रको अवलम्बन सँगै फेरी बिउँतिदैछन् फिनिक्स चराजस्तै । आधुनिकतातर्फ बेगवान गतिमा लम्किरहेको चीनले अब आफूलाई अब्बल सावित गर्न सहारा लिंदैछ सभ्यतासँगै जन्मिएर हुर्किएका संस्कृतिको पनि ।
पर्दामा बेगवान घोडाहरु देखिन्छन् । चीनले आफूलाई ती घोडाजस्तै गतिमान बनाउन चाहेको छ र जित्न चाहेको छ सारा संसार । यो हुनैपर्ने बेला पनि आएको छ किनकि जीवनको जस्तै सभ्यताको पनि जीवन चक्र हुन्छ जो निश्चित समयको अन्तरालपछि मासिदै र संक्रमित एवं आक्रमित हुँदै सुषुप्तावस्थामा पुग्छ र फेरी बर्षायाममा तरुलको मुना पलाएजस्तै पलाउँदै झाँगिदै जान थाल्छ । तीन सहश्राब्दी पहिलेको कन्फ्यूसियन दर्शन र दुई सहश्राब्दी पुरानो ग्रेटवालले चीन उतिबेलै कति सबल थियो भन्ने स्पष्ट हुन्छ । देङसियाओ पेङको बजारमुखी अर्थतन्त्रतर्फको कदमसँगै प्राप्त आर्थिक समृद्धि सँगै चीनले अब आफ्ना कला र संस्कृतिको समृद्ध इतिहासलाई पनि बर्तमानमा जीवन्त पार्न चाहन्छ । आइबो लभ त्यस्तै कार्यक्रम थियो जो उनीहरुले २० राष्ट्रका उच्चस्तरका प्रतिनिधीहरुसमक्ष पस्कँदै थिए ।
बालबालिकाका मोहक परिनृत्य देखि लिएर मार्सल आर्टका बेजोड नमूना पेश गरियो त्यहाँ । अफ्रिकाबाट तालिमका लागि आएका बालबालिकाहरुले एरोबिक्सका लोमहर्षक नमूना प्रस्तुत गरे । तिब्बती परम्परागत रक्षा कला सहितको मार्सल आर्ट प्रस्तुत भयो । एक पछि अर्को प्रस्तुति उत्तिकै आकर्षक र बेजोड थिए । दुई सरस्वतीपुत्रीहरुको सीतारबादन यति मन्त्रमुग्ध पार्ने थियो कि मैले त आफूलाई ईन्द्रसभामा सरस्वतीको वीणा बादन सुनिरहेको अनुभव गरें । समग्रमा त्यो साँझ मेरा जीवनका दुर्लभ र अति रोमाञ्चक साँझहरुमध्येको अति अविस्मरणीय साँझ थियो ।
मे १९
बिहान ९ देखि १२ सम्म चीनमा आर्थिक सुधार र विकासका अनुभव, चुनौती र सम्भावना बिषयमा State Council of China , Development Research
Centre का प्राध्यापक शी जी गाओ बाट प्रस्तुतीकरण र छलफल आयोजना गरियो । हाम्रा सचिवले त्यस छलफलमा दक्षिणतिरको छिमेकीसँगको विकास सहकार्यमा अर्को ग्रेटवाल रहेको हो कि भन्ने प्रश्न उठाउनु भयो । संसार हाँकिरहेको विशालतम चीन जसका सिमानामा मात्र १६ देशहरु छन्, उसले कुनै रणनीतिक लाभ बिना हामीतर्फ ध्यान केन्द्रित गर्ने अपेक्षा गर्नु त दिवास्वप्न नै होइन र ? उसले हामीतिर किन बढी ध्यान दिने ? न त हामीले चीनलाई प्रभाव पार्ने किसिमको आयात वा निर्यात गर्न सक्छौं न त हाम्रा भाषिक–सामाजिक सम्बन्धहरु नै त्यति मिल्दाजुल्दा छन् । नेपालको एउटा राजनीतिक दलले त्यतातिरको लगाव देखाएतापनि हाम्रो भूराजनितिक अवस्थाले हामीलाई दक्षिणाभिमूख हुनबाट र दक्षिणतिरको निर्भरताबाट तत्काल पराङ्मुख हुन सक्ने अवस्थै छैन कमसेकम हामी अलि समृद्ध नहुँदासम्म । केवल एउटा त्यान्द्रो छ हामीले भजाउन पाउने त्यो हो बुद्ध धर्म । यसैको बिरासतलाई भजाएर हामी धेरै एशियाई देशहरुसँग आफ्नो साख्खैको साइनो जोड्ने प्रयास गरेका छौं । खासमा भन्ने हो भने प्रथम र दोश्रो विश्वयुद्धमा हाम्रा बीर पुर्खाहरुले भाडाकै सैनिकका रुपमा भएपनि विश्वका सामू इमान्दार र बहादुरको देश भनेर चिनाएतापनि त्यसपछिको पुस्ताले नेपाल चिनाउने कुनै काम गर्न सकेकै छैन । तसर्थ हाम्रा सामु २५०० बर्ष अघिका सिद्धार्थ गौतम र प्रकृतिले सृष्टिको आदिमा उपहार दिएको सगरमाथा भजाउनु हाम्रो बाध्यता नै हो ।
अर्कोतिर कम्यूनिष्ट चीनमा धर्मको सम्बन्ध चीनियाँका भावनामा भन्दा बढी पर्यटनमा केन्द्रित भएको प्रष्टै देख्न सकिन्छ । अझ त्यसमाथि अङ्ग्रेजी भाषा र बिदेशी विश्वविद्यालयप्रतिको चीनियाँ नयाँ पुस्ताको आकर्षणसँगै बुद्ध धर्मभन्दा क्रिश्चियन धर्मको प्रभाव दिनानुदिन बढीरहेको छ । यी सबै कुराहरुलाई मनन गर्दा हामीले चीनियाँहरुबाट हामीप्रतिको बढी लगाव अपेक्षा गर्नु युक्तिसंगत पनि नहोला ।
मान्छे जतिसुकै गरिब किन नहोस्, जतिसुकै अभावमा किन बाँचेको नहोस् उसमा स्वाभिमान र आत्मसम्मान भन्ने भावना ती धनी र समृद्धका लागि भन्दा एक रति पनि कम महत्वको हुँदैन । हात्तीका सामु कमिला जति सुकै सानो भएतापनि हात्तीलाई जति स्वअस्तित्वबोध हुन्छ त्यसभन्दा किमार्थ कम हुँदैन त्यो कमिलामा पनि । तर पनि हात्तीले आफ्ना पाइला चाल्दा कहिलेकाहीं नचाहेरै पनि कमिला कुल्चन्छ । यसबाट कमिलाको त ज्यानै जान्छ तर हात्तीलाई त्यो थाहा पनि हँुदैन । तसर्थ हामीले चीनबाट हाम्रोबारेमा हामीले सोंचेजस्तै ख्याल गरेको हुनुपर्छ भन्ने अपेक्षा गर्नु अनौठो त होइन तर आत्मरति चाहीं अवश्यै हो ।
शी जी गाओले चीनमा बिगत ३० बर्षयता भएका आर्थिक विकास र संचरनागत परिवर्तन, आर्थिक सुधार र चीनका आगतका दिनमा सामना गर्नुपर्ने चुनौतीहरु त्था ती चुनौतीहरुको सामना गर्नका लागि बैज्ञानिक विकासको रणनीति बारे बिशद् चर्चा गरे । चीनको कूल ग्राहस्थ्य उत्पादन सन् १९७८ को तुलनामा त्यसको ३० बर्षपछि हिसाव गदौ पुरै १८ गुणाले बढेको थियो (स्मरण रहोस् नेपालको वास्तविक कूल ग्राहस्थ्य उत्पादनमा केवल ३.२ गुणाको बढोत्तरी थियो त्यस बीचमा) । यस अवधिमा चीनले औसत ९.७६ प्रतिशतको बृद्धिदर हासिल गर्न सकेको थियो जुन यस धर्तीमा तत्कालीन उपस्थित देशहरुले हासिल गरेमध्येकै सर्वाधिक थियो । विश्वको कुल उत्पादनको चोइटोको रुपमा हिसाव गर्दा सन् १९७८ मा चीनको भागमा केवल १.८ प्रतिशतको सानो चिरो मात्र पर्दथ्यो भने २००८ मा त्यो चिरो मोटाएर ७.१ प्रतिशतमा पुगिसकेको थियो । चीन अन्नपात, जडीबुटी, घरेलु शिल्पकलाका उत्पादनजस्ता खित्रीमित्री सामान निर्यात गर्ने देशबाट औद्योगिक उत्पादन गर्ने देशमा दरिएको थियो । ५० लाख भन्दा बढी जनसंख्या भएका शहरहरु नै सन् १९७८ मा केवल २ वटा रहेकामा ३० बर्षपछि ८ बटा भन्दा बढी भैसकेका थिए । अरु अलि साना र अझ साना शहरहरुको संख्यामा औसत ४ गुणाले बढेका थिए । भनौं ती रक्तबीज झैं उम्रिदै फैलिंदै थिए । पेटभरी खानेहरु, गाडी चढ्नेहरु र शहरतिर बसाईं सर्नेहरुको संख्या उल्लेख्य रुपले बढेको थियो भने उद्योगधन्दाहरु तीब्र गतिमा हुर्कंदै थिए । उल्लेख्य कुरा त के थियो भने चीनले सन् २००३ मा आफू “पूर्ण समाजवादी अर्थतन्त्रमा” प्रवेश गरेको घोषणा गरेको थियो भने सहकारीकरणकै नामबाट अर्थतन्त्रको अकल्पनीय नीजिकरण र बजारीकरण भैसकेको थियो ।
चीनले आर्थिक सुधारका कार्यक्रम अत्यन्तै होसियारीपूर्वक तीन चरणमा सम्पन्न गरेको थियो । उनीहरुको भनाई नै थियो –“ढुङ्गा छामेर खोला तर्ने ।” प्रत्येक सुधार कार्यक्रम त्यहाँ विद्यमान निर्दिष्ट समस्याको समाधानका लागि लक्षित थियो । चीनको पछिल्लो चरणको सुधारको लक्ष्य थियो – “सुधार, विकास र स्थायित्वबीचको अन्तरसम्बन्धलाई होसियारीपूर्वक सम्बोधन गर्ने ।” हामी भने २०४७ को परिवर्तन पछि बजार अर्थव्यवस्थातर्फ यति हतारोमा प्रवेश गरेका थियौं कि मानौं त्यसमा महान तिव्रताका साथ नपस्ने हो भने हामीले सर्वस्व गुमाउने छौं । हामीमा कुनै तयारी थिएन । हाम्रा छिमेकीहरु फुकीफुकी पाइला चालेका थिए जसमा हाम्रो अर्थतन्त्र निर्भर गथ्र्याे । हामी हल्लैहल्लाका पछि दगुरिरहेथ्यौं र अझै पनि दगुरिरहेका छौं । परिवर्तन प्रति हाम्रो मोह यति बढी छ कि त्यो कुन दिशातर्फको परिवर्तन हो , हामीले त्यो धान्न सक्छौं कि सक्दैनौं, त्यो परिवर्तन तर्फ हामफाल्दा हाम्रो भोलीको हविगत के हुने हो, यी सबै कुरामा पनि हामी बेफिक्री छौं । परिवर्तन चाहे राजनीतिक होस् वा आर्थिक, धार्मिक होस् वा सामाजिक, हामी कहिल्यै पूर्वतयारी वा गहन विश्लेषण बिना अघि बढेनौं । र त हामी अहिले पनि यहीं छौं ।
गाओले भने –“यी सबै प्रगतिका बाबजूद हामीसँग थुप्रै समस्याहरु थाँती छन् जुन हाम्रो दीगो विकासका लागि र समुच्चा समृद्ध चीनका लागि हामीले जुध्नैपर्ने छ । हामीसँग श्रोत, वातावरण तथा पर्यावरण, विकासको असमानता, अन्तराष्ट्रिय व्यापारमा असमानता र लगानी र उपभोगमा असन्तुलन जस्ता चुनौतीहरुसँग अवको चीनियाँ पुस्ताले मुकाविला गर्नु पर्नेछ । ”
हुन पनि चीनका ६०० शहरमा खानेपानीको समस्या बढ्दो छ । कृषियोग्य जमीन निचोरिदै छ । अनियन्त्रित विकासले पर्यावरणीय असन्तुलन निम्त्याएको छ भने नदीहरुको रङ्क कालो र पानी बाक्लिंदो छ (हामीकहाँ विकास बिना पनि त्यस्तो भएकै छ) । घाँसेमैदानहरुको मरुभूमीकरण, शहर र गाउँको आयस्तर र जीवनयापनमा बढ्दो दूरी र पश्मिोत्तर चीनमा गरिबीको दुष्चक्रमा बाँचिरहेका करोडौं चीनियाँहरु छन् जसले चीनको नाजूक पक्षको चित्र देखाउँछन् । तर पनि चीनियाँ सरकारले स्पष्ट र सघन रणनीतिहरु बनाएको छ र ती समस्यासँग लड्न जुझारु नीति तथा कार्यक्रम आक्रामक तवरले लागू पनि गर्दैछ ।
प्राध्यापक गाओले बैज्ञानिक विकासका लागि ५ रणनीतिको उल्लेख गरे ती थिए –
- शहरी र ग्रामीण विकासबीचको सन्तुलन,
- क्षेत्रगत विकासको गतिमा सन्तुलन,
- आर्थिक र सामाजिक विकासका बीच सन्तुलन,
- मानव विकास र प्रकृतिबीचको सन्तुलन, र
- ग्राहस्थ्य विकास र वाह्य संसारका लागि बढी खुलापनबीचको सन्तुलन ।
वास्तवमा चीनले लिएको रणनीतिको गुदी हो – “विश्व मूल्य सिक्रि -global value chain)Æ को अवस्थामा सुधार गर्ने । यो अर्थशास्त्रीय भाषामा “बढ्दो मुस्कान रेखा (climbing smiling curve) बाट देखाउन सकिन्छ र यो प्रविधि, मानवश्रम र सूचनाबीचको संयोजनबाट तयार हुन्छ ।
गाओको रुचिकर तर निका लामो प्रस्तुतिपछि भोकाएका पेटहरु भान्सातिर लम्किए र काँटा तथा चम्चाहरु थरिथरिका परिकारहरुमाथि नृत्य देखाउन थाले । दिउसो ग्रेटवालतिर जान गोडाहरु आतुर थिए तर पेटले तिनका बिरुद्धमा आफूलाई फुलाउँदै थिए ।

दिउसो ग्रेटवाल भ्रमण
यो संसारमा जन्मेर ठूला दार्शनिक, कवि वा त्यस्तै महापुरुषहरुको रुपमा आफ्नो चिनारी छाडेर जानेहरु त थुप्रै छन् तर शासकको रुपमा जसले आफ्नो ख्याति र पराक्रमको इतिहास छोडेर आफुलाई अमर पार्ने प्रयास गरेका छन् ती सबैका पछाडी लाखौं निमुखा, आधा पेट खाएका वा भोका र गरीब मानिसहरुका रगत, पसिना र पाखुरीका मासीहरु बिना तिनीहरुको नामोनिसान यस धर्तीमा शायदै बाँकी रहँदो हो । त्यस्तै श्रमजीवि अझ भनौं रातदिन श्रम गरेर पनि बाँच्न नपाउने र शासकका निम्ती जीवन निसर्ग गर्ने लाखौं मजदूरहरुले छाडेर गएको चीनो हो ग्रेटवाल ।
दिउसोको खानापछि AIBO को ढोकामै आइपुग्यो सुविधायुक्त बस जसले हामीलाई ग्रेटवाल देखाउन लैजाँदैथियो । जिन्स र टिसर्टमा ठाँटिए धेरै जसो । क्यामरा झुण्डाए हातमा र बसमा सवार भए । दुई युवती र एक अधवैसे आतिथेयहरुले साथ दिए यात्रामा । बेइजिङ्ग शहरको छैठौं चक्रपथ पार गर्दै बस लाग्यो पश्चिमोत्तर पहाडी भूभागतर्फ ।
ग्रेटवाल चन्द्रमाबाट समेत देख्न सकिने एक मात्र मानवनिर्मित कृति हो भनिन्छ पृथ्वीको । ग्रेटवाल चढ्ने आधारशिविरका भवनहरु यसरी पुनर्निमाण र नवनिर्माण गरिएको छ कि त्यसले शताब्दीर्यौ पुरानो चीनियाँ वास्तुकलाको जीवन्त झझल्को दिन्छ ।

यूनेस्कोले विश्वसम्पदा सूचीमा सूचीकृत गरेको ग्रेटवाल पश्चिममा गाङ्गसु प्रोभिन्सको जिआयू पासबाट पूर्वको यालु नदीसम्म पुग्दा ६,३५० किलोमिटरको नापो पुरा गर्छ । प्राचीन चीनियाँ अभियन्त्रण प्रविधि(engineering technology) को बिशिष्ट नमूना यस पर्खालमा आजसम्म ज्यूँदो छ । सैनिक प्रतिरक्षाको प्रयोजनका लागि लडाईबाट फुर्सद हुने बित्तिकै खास गरी बसन्त र शरदमा यसको निर्माण ईशापूर्व चौथो शताब्दीबाट शुरु भएको थियो । सम्भवतः मानव सभ्यताको इतिहासमै यो सर्वाधिक लामो परियोजना हुनुपर्छ जुन पुरा हुन क्वीन, हान र मीङ्ग साम्राज्यकालीन लाखौंलाख जनताले श्रम, पसिना, रगत र जीवनको उत्सर्ग गरेका थिए ।
मीङ्ग साम्राज्यकालमा मात्र यसको २० पटक जीर्णोद्धार गरिएको थियो । बेइजिङ्ग देखि उत्तरपूर्वी चीनतर्फको मुख्य किल्लाको रुपमा शाङ्गहाइगुआन पास रहेको थियो भने यूमेन पासबाट रेशममार्ग तर्फ जाने बाटो खोलिएको थियो । ताङ्ग साम्राज्यकालीन कवि झिहुआनले यस पर्खाल बारे लेखे –
“नर्कटको घारी मुनि बाँसुरीमा शोकधुन भरिरहेको एक जिद्दीवाल बुढो
जसका लागि जेइड पास हुँदै कहिल्यै वसन्त पुष्पित हुँदैन ।”

पर्खाल चढ्नका लागि हाम्रा पाइलाहरु आतुर थिए । हाम्रा पथप्रदर्शकका रुपमाAIBO सचिवालय, तालिम कार्यक्रम संयोजन कार्यालयकी निर्देशक झौ जिआओक्वीन -जेनी_, झेङ्ग फाङ्ग -जुलिया_ र अरु २ मैले नाम बिर्सेका किशोरी अघि लागे । ती किशोरीहरुले हाम्रो पुरै चीन बसाइलाई सहज बनाउन दिलोज्यानले लागे -तिनीहरुको सक्रियतालाई म सलाम गर्छु _। पेङ्ग छेआङ्ग च्या -कम्बोडियाका अर्थ सचिव_, कृष्णहरि बास्कोटा -राजस्व सचिव, नेपाल_, सोमेथी छाउ -कम्बोडियाली अर्थ सचिवका सहायक_ र म गरी ४ जना अघि लाग्यौं पर्खाल चढ्न -वास्तवमा हाम्रो यो टोली चीन भ्रमणको पुरै अवधिभर सँगसँगै रह्यो_ ।
ठाडो उकालो काँचो ईटाजस्ता लाग्ने ईंट छापिएको र छेउछाउमा पर्खाल लगाइएको त्यो भ¥याङ्ग चढ्न लाग्यौं हामी चारैजना । पहाडको पानी खाएर हुर्केको मान्छे, मलाई भेट्टाएर हिंड्न सक्ने त को हुन्थ्यो र त्यहाँ । तर पनि सोमेथीले भने आधा भन्दा धेरै बाटो म सँगसँगै हिंडेर पुरुषार्थ देखायो नै । केही छिन खुट्किला चढेपछि आउने बुर्जाको तल उभिएर वारिपारी हेर्दै शताब्दियौं अघि पहरा फोरेर बिशालकाय ढुङ्गाहरु निकाल्ने र ती ढुङ्गाहरु बोक्दै पर्खाल लगाउने, ढुङ्गाहरुसँगै पल्टेर वा तिनले थिंचेर आफ्नो ज्यान गुमाउने, जाडोले कठाङ्ग्रिएर जीवनको आहुति दिने र भोकले मरेकाहरुका शरीरहरु यसै पर्खालको गर्भमा गाडिएको र आफू ती अभागी कर्मयोद्धाका चिहानमाथि यसरी हिंडिरहेको सम्झेर म भावविभोर भैरहेको थिएँ । तिनका पौरखको व्याज खाँदै अहिलेको पुस्ताले कसरी आफ्ना अभागी पुर्खाहरुमाथि गर्व गरिरहेको हुन्छ । कसरी उहिलेका रगत र पसिना दुई सहश्राब्दी पछि पनि खनाखन नगदमा परिणत भएका छन् । यी सबै सम्झेर म तिनीहरु प्रति तिनले नबुझ्ने भाषामा मनमनै श्रद्धाञ्जली दिएँ र क्षितिजसम्मको पर्खालको त्यो लंगुर हेरेर निकैबेर टोलाइरहें ।
उकालो चढ्दै गर्दा भेटिए विश्वको पल्ला कुनासम्मका थरीथरीको छालायुक्त नरनारीहरु । एकजना ८० बर्षे बुढा जब त्यो पर्खालको माथिल्लो बुर्जासम्म पुगेर फर्कन लागे, उनले असीम सन्तुष्टिको श्वास फेरिरहेको उनका आँखामा झल्किन्थ्यो । पछिल्लो पुस्ताका चीनियाँ युवतीहरु निकै छोटा कट्टुहरु र निकै साँघुरा उपरिवस्त्रमा उकालो–ओरालो गर्दै अति पातला मोबाइल क्यामराबाट पर्खालबाट दृष्टिगोचर हुने दृश्यावलीका तस्वीरहरु अविराम खिंचिरहेका थिए भने हाम्रो टोलीका दुई सचिवहरु पसिनाले लथपथ हुँदै रमाइला बात मार्दै उकालो चढीरहेका थिए ।
फर्कने बेलामा सोमेथी म सँगै ओर्लन सफल भयो । हाम्रा पथप्रदर्शक किशोरीहरुसँग हामीले तस्वीर खिचायौं प्रदर्शनमा राखिएका आदिम शस्त्रहरुसँगै । बसमा चढ्दै गर्दा मलाई ती दुई शहश्राब्दी अघिदेखिका श्रमबीरहरुको छायाँले पछ्याइरहेजस्तो अनुभूति भै रह्यो ।

मे २०
बिहान खाना खानुपूर्व हामीलाई बोकेर बस लाग्यो चीनियाँ विकास बैकको कर्पोरेट कार्यालयतिर । बेइजिङ्ग शहरको भव्यता यस बैंकको वरिपरी देखियो जसले जापानको तोक्यो शहरको झझल्को दिन्थ्यो । सुरक्षाका तहहरु पार गर्दै सभाकक्षामा प्रवेश ग¥यौं हामीहरु ।
चीनियाँ बिकास बैंककी निर्देशक वाङ्ग युआन चीनियाँ बिकास बैंकको परिचय र भूमिका बिषयमा प्रस्तुतिकरणका लागि तयार भइन् ।
यी अग्लो र भीमकाय जीउडालका अंग्रेजीमा राम्रो दखल भएकी मान्छे साम्ने पर्न नै डराउने जस्ती महिला रहिछन् र आफ्नो बिषयबस्तुमा पोख्त पनि । चीनियाँ विकास बैंकले अरु ठूला बित्तीय संस्थाहरुसँग सहकार्य गर्दोरहेछ । स्थानीय उद्योगहरुसँग सीधा सम्बन्ध र स्थानीय सरकारलाई परामर्शको भूमिका दिने रहेछ यसले । खास बिशेषता त यसले चीनियाँ उद्यमीलाई अन्य देशमा लगानी गर्न मध्यस्थताको कार्य गर्दोरहेछ । केन्द्रीय बैंक र केन्द्रीय नियमन आयोगले यसको नियमन गर्दा रहेछन् । होलसेल बैंकको रुपमा स्थापित यो बैंक खासमा त चीनियाँ बित्तीय सुधार कार्यक्रमकै एउटा अंशको रुपमा शुरु भएको रहेछ ।
यो बैंकले लगानीको परिमाण निकै ठूलो भएका क्षेत्रमा अन्य बैंकहरुसँग सह–बित्तीयकरण पनि गर्दछ । सरकारले यसका दैनिक गतिविधिमा हस्तक्षेप गर्दैन केवल जोखिमपूर्ण लगानी नहोस् भन्ने चासो मात्र राख्दछ ।
खास गरी यो बैंकका लगानी क्षेत्रहरु यातायात, सामाजिक क्षेत्र र व्यवसायिक कृषि क्षेत्रमा लगानी गर्दछ । लगानीकर्ता ÷शेयरधनीको लगानीको सुरक्षा र सामाजिक उत्तरदायित्व निर्वाह गर्नु यसका मुख्य दायित्व रहेछन् तर पनि निकै कम ब्यक्तिहरुले यसको व्यवस्थापन हेरीरहेका । हाम्रो देशमा झैं कतिपय बैंकका मुख्य लगानीकर्ताले आफ्नो ज्वाईं, सालो, छोरो, भतिजो, भाञ्जी सबैलाई पुग्ने गरी पदसिर्जना गरी बैंकिङ्ग अनुशासनको खिल्ली उडाएको जस्तो त कल्पना पनि गर्न नसकिने । ऋण स्वीकृति आफैमा लामो र गम्भीर चरण पार गरेर मात्र हुँदो रहेछ । वास्तवमा यो बैंक नीति विकास बैंकबाट बित्त विकास बैंकमा रुपान्तरित भएको बैंक रहेछ । अनुभवबाट खारिंदै, कमजोरीबाट सिक्दै अघि बढ्ने चीनियाँहरुको कस्तो काइदा ।
चीनियाँ बैंकिङ्ग प्रणालीबाट केही पाठहरु सिक्नुपर्ने हुन्छ जुन उनीहरुले निर्देशक मान्यताका रुपमा लिएका रहेछन् ती हुन् –
आर्थिक पुनरुत्थानका का लागि नीतिहरुको भूमिका बिषयमा अन्तक्र्रिया हुँदै गर्दा सँगसँगै थियो– हाइ टी । मेसोडोनियाँ र मोन्टेनेग्रोका प्रतिनिधिहरुलाई प्रस्तुतिकरण र छलफलमा चासै थिएन । उनीहरु खितखिताउँदै हाइटीमा रमिरहे । अर्का थिए मौरिससका अर्थसचिव, उनी बोलिरहे । वास्तवमा ती चाहिने कुरामा होइन अनावश्यक प्रसङ्ग निकालेर पनि फतफताइरहे पुरै यात्रा अवधिभर ।
प्रस्तुतिकरण र छलफल पछि फोटो सेसन् गरियो र ती मध्येको उत्तम फोटो अर्को दिन एकेडेमीमै आइपुग्यो छापिएर ।
त्यहाँको कार्यक्रमपछि हातहातमा १०० युआन थमाएर Shopping street तिर लागे आयोजकहरु । बसबाटै देखिए चीनको वास्तुकलाका महान नमूनाहरु । बसबाटै हेर्दा माथिपट्टीको सानो थुम्कोमा हाम्रा कुप्राबाजे अरनिकोले बनाएको श्वेतचैत्य देखियो । चौधौं शताब्दीमा चीनका सम्राट कुब्लाई खानको निम्तोमा ८० जनाको जम्बो कलाकार टोली लिएर ल्हासा हुँदै आफ्नो जन्मभूमी काष्ठमण्डपबाट ५००० हजार किलोमिटरको यात्रा तय गरेर उनी बेइजिङ्ग पुगेका थिए र उतै घरबार जमाएर बसेका थिए ती । चीनियाँहरुले उनको सुकुमार शरीर हेरेर उनको न्वारान गरे – आनिक । मरणोपरान्त उनलाई त्यहाँको सरकारले दिने ठूलो सम्मानले सम्मानित ग¥यो ड्यूक अफ लिआङ्गो को रुपमा । शायद खोजी पस्ने हो भने उनका दरसन्तान बेइजिङ्गको कुनै चोइटामा फेला पर्दा हुन् तर चीनियाँ युवती (हरु?) बिहा गरेर बसेका हुनाले उनका सन्ततिहरु चीनियाँ मूलधारमा उहिल्यै मिलिसकेको हुनुपर्छ ।
उनी र उनको समूहले तयार गरेका सयौं अनुपम कृतिहरुमध्ये अझै जीवन्त छ श्वेत चैत्य । उनैको पौरख र कृतिलाई भजाएर ७०० बर्षपछि पनि हामी नेपाल चीन सम्बन्धको प्रगाढताको दुहाई दिन्छौं । त्यसो त २००० बर्ष पहिले नै चीनियाँ यात्री हुएन साङ्ग तथा फा हान नेपाल आएर हाम्रो इतिहासलाई लिपिबद्ध गर्ने तथा गौतम बुद्धको दर्शनलाई चीन हुँदै मङ्गोलिया, लाओस, भियतनाम तथा जापानसम्म फैलाउनमा गर्नु सहयोग गरेका थिए । हामीले भने राजकुमारी भृकुटीलाई पनि देशको रक्षा गर्नका लागि सौदा गरेका थियौं । वास्तवमा इतिहासका थप पत्र फेला नपर्दासम्म यो भन्न सकिएला कि कुनै नेपालबाट चीन जाने पहिलो पेशाविद् अरनिको नै थिए ।
जे होस्, त्यति टाढा पुग्दा पनि हाम्रा पुर्खाको पौरखको निशानी देख्न पाउँदा मन त्यसैत्यसै पुलकित भयो । आँखाले देखुन्जेल झ्यालबाट चिहाएर हेरिरहें । जब त्यो चैत्य आँखाबाट ओझेल प¥यो मलाई लाग्यो म आफ्नो हजुरबाको घर छोडेर जाँदैछु । शायद म बढी नै बहकिएँ ।

- बैंकले केवल बित्तीय कार्यसञ्चालन मात्र गर्ने होइन, यिनीहरुमा सामाजिक विकासको समग्र अवधारणाबाट प्रेरित हुनुपर्छ । बैंकिङ्ग क्षेत्रको दीगोपना त्यसैमा निर्भर रहन्छ ।
- आर्थिक विकास सरकारबाट नियन्त्रित र निजी क्षेत्र ÷बजार अर्थतन्त्रबाट सञ्चालित हुनुपर्छ ।
- चीनियाँ बैंकहरु बैदेशिक लगानीमा सफल हुनका लागि लगानी गरिने देशका रुची÷स्वार्थसँग आफ्नो स्वार्थलाई तालमेल गराउनै पर्दछ ।
आर्थिक पुनरुत्थानका का लागि नीतिहरुको भूमिका बिषयमा अन्तक्र्रिया हुँदै गर्दा सँगसँगै थियो– हाइ टी । मेसोडोनियाँ र मोन्टेनेग्रोका प्रतिनिधिहरुलाई प्रस्तुतिकरण र छलफलमा चासै थिएन । उनीहरु खितखिताउँदै हाइटीमा रमिरहे । अर्का थिए मौरिससका अर्थसचिव, उनी बोलिरहे । वास्तवमा ती चाहिने कुरामा होइन अनावश्यक प्रसङ्ग निकालेर पनि फतफताइरहे पुरै यात्रा अवधिभर ।
प्रस्तुतिकरण र छलफल पछि फोटो सेसन् गरियो र ती मध्येको उत्तम फोटो अर्को दिन एकेडेमीमै आइपुग्यो छापिएर ।
त्यहाँको कार्यक्रमपछि हातहातमा १०० युआन थमाएर Shopping street तिर लागे आयोजकहरु । बसबाटै देखिए चीनको वास्तुकलाका महान नमूनाहरु । बसबाटै हेर्दा माथिपट्टीको सानो थुम्कोमा हाम्रा कुप्राबाजे अरनिकोले बनाएको श्वेतचैत्य देखियो । चौधौं शताब्दीमा चीनका सम्राट कुब्लाई खानको निम्तोमा ८० जनाको जम्बो कलाकार टोली लिएर ल्हासा हुँदै आफ्नो जन्मभूमी काष्ठमण्डपबाट ५००० हजार किलोमिटरको यात्रा तय गरेर उनी बेइजिङ्ग पुगेका थिए र उतै घरबार जमाएर बसेका थिए ती । चीनियाँहरुले उनको सुकुमार शरीर हेरेर उनको न्वारान गरे – आनिक । मरणोपरान्त उनलाई त्यहाँको सरकारले दिने ठूलो सम्मानले सम्मानित ग¥यो ड्यूक अफ लिआङ्गो को रुपमा । शायद खोजी पस्ने हो भने उनका दरसन्तान बेइजिङ्गको कुनै चोइटामा फेला पर्दा हुन् तर चीनियाँ युवती (हरु?) बिहा गरेर बसेका हुनाले उनका सन्ततिहरु चीनियाँ मूलधारमा उहिल्यै मिलिसकेको हुनुपर्छ ।
उनी र उनको समूहले तयार गरेका सयौं अनुपम कृतिहरुमध्ये अझै जीवन्त छ श्वेत चैत्य । उनैको पौरख र कृतिलाई भजाएर ७०० बर्षपछि पनि हामी नेपाल चीन सम्बन्धको प्रगाढताको दुहाई दिन्छौं । त्यसो त २००० बर्ष पहिले नै चीनियाँ यात्री हुएन साङ्ग तथा फा हान नेपाल आएर हाम्रो इतिहासलाई लिपिबद्ध गर्ने तथा गौतम बुद्धको दर्शनलाई चीन हुँदै मङ्गोलिया, लाओस, भियतनाम तथा जापानसम्म फैलाउनमा गर्नु सहयोग गरेका थिए । हामीले भने राजकुमारी भृकुटीलाई पनि देशको रक्षा गर्नका लागि सौदा गरेका थियौं । वास्तवमा इतिहासका थप पत्र फेला नपर्दासम्म यो भन्न सकिएला कि कुनै नेपालबाट चीन जाने पहिलो पेशाविद् अरनिको नै थिए ।
जे होस्, त्यति टाढा पुग्दा पनि हाम्रा पुर्खाको पौरखको निशानी देख्न पाउँदा मन त्यसैत्यसै पुलकित भयो । आँखाले देखुन्जेल झ्यालबाट चिहाएर हेरिरहें । जब त्यो चैत्य आँखाबाट ओझेल प¥यो मलाई लाग्यो म आफ्नो हजुरबाको घर छोडेर जाँदैछु । शायद म बढी नै बहकिएँ ।
किनमेल सडकमा हामीलाई ओह्रालेर बस किनारा लाग्यो । हामी छि¥यौं किनमेल केन्द्रतिर । सबैजसो पसलामा युवतीहरु नै थिए बिक्रेता । कसैले कुनै सामानको भाउ सोधेमा उसले एक न एक सामान नकिनी निस्कने मौका निकै कम हुन्थ्यो । त्यस्ता tough bargainer मैले आज सम्मको यात्रामा कतै देखेको छैन । त्यसो त हाम्रा सचिव पनि कम्तीका रहेनछन् मोलमोलाईमा । त्यस्ता सिपालु विक्रेताका सामू पनि फिटिक्कै नगल्ने । म भने यस्ता कुरामा निकै कमजोर ठहरिए । दिउसोको भोजनका लागि दाम बुझेकै थियो । १५ युआनका नुडल्स लिएर खान बस्यौं । त्यहाँको किनमेलको रमाइलो अनुभव पछि साँझ फर्कियौं एकेडेमीको गेष्ट हाउसतिर ।
मे २१, सेञ्जेन प्रस्थान
पाहुनाहरुलाई दुई बर्गमा बिभाजन गरियो –बिशिष्ट र सामान्य । विशिष्ट पाहुनाहरु ९ बजेको बसमा जाने व्यवस्था भयो भने म लगायतका सामान्य पाहुनाहरुलाई ८ः३० कै बसले बोक्ने भयो । बेइजिङ्ग विमानस्थलबाट ३ घण्टाको हवाई उडानबाट पुगिने शेन्जेन शहर केवल ३० बर्षको भएको थियो । चीनले आधुनिकीकरणको शो पिसको रुपमा लिने गरेको र उदारीकरणको क्रममा पहिलो विशेष आर्थिक क्षेत्र घोषणा गरिएको त्यो शहरमा जान हामी मात्र होइन, एकेडेमीकै पिटर र जुलिया समेत उत्तिकै उत्साहित थिए । उनीहरु पनि पहिलोपटक जाँदै थिए त्यो शहरमा ।
पौने ९ बजे एकेडेमीबाट झिटीगुण्टा सहित बिदा भएपछि हामी धमिलो दिनमा बेइजिङ्ग विमानस्थल पुग्यौं । त्यहाँ हाम्रा झोलाहरु बोर्डिङ्ग गराउने जिम्मा आयोजकहरुले नै लिएका थिए । जहाज ११ः३० मा बल्ल उड्ने भएकोले समय छ्यालब्याल थियो । समयको सदुपयोग गर्न कम्प्यूटर खोल्न खोजेको त खुल्दैखुलेन । अलिबेर प्रयास गरेपछि हार खाएर त्यत्तिकै बसिरहें त्यहाँका चहलपहल हेर्दै ।
घोषित समयभन्दा करीब २० मिनेट ढीला गरी] CA-1313 नामको त्यो विशालकाय विमान आकासतिर बत्तियो । जीवनका अनुभवमा त्यसबेला सम्म म सवार भएकोमध्येका विमानहरुमा त्यो नै सर्वाधिक ठूलो थियो । विशिष्ट श्रेणी, व्यापारिक श्रेणी र किफायती श्रेणी गरी ३ श्रेणीमा बिभाजित सीटहरुमध्ये अधिकांश भरिएका थिए । ३०० भन्दा बढी मान्छे र तिनका मालताल बोकेर यो विमानमा बादलमाथि हामी अडिएका छौं भन्ने कुरा सम्झ्यो भने आङ सिरिङ्ग हुन्थ्यो तर ध्यान विकेन्द्रित गर्न पाइने रमाइलो पक्ष थियो हाम्रो समुहको एक जोडी ।

मोन्टेनेग्रो र मेसेडोनियाँका प्रतिनिधि भै आएका केटाकेटी -यहाँ त्यो भन्नु नै उपयुक्त होला_ को प्रेमालाप, ख्यालठट्टा र चपलताले एकनास सबैको ध्यान जबर्जस्ती तानिरह्यो । ती एकछिन आफ्ना सीटमा बस्थे र केही कुरा साटासाट गरेर खाइरहेका हुन्थे भने उत्तिखेरै विशिष्ट कक्षमा छिरेर त्यहाँ रहेका खाली सीटमा आफूहरुलाई लुकाउँथे । ती उमेरले ३० कै दशकमा हिंडिरहेका थिए तर तिनीहरुका क्रियाकलापले यस्तो लाग्थ्यो ती १६÷१७ का आलाकाँचा प्रेमिल जोडीहरु हुन् । हदै गरे तिनले । अन्य उडानमा त्यति महसुस नगरेको acrophobia -उचाइको डर_ त्यस विमानमा मलाई अनुभूति भयो ।
शेन्जेन विमानस्थल ओर्लंदा हप्प गर्मी र आद्र्रताले छोयो । त्यसमाथि झमझम पानी परिरहेको । विमानस्थलबाट सोझै होटलमा गएर त्यहाँबाट बल्ल भ्रमण गर्ने स्थलहरुमा जाने योजना बदलियो ढीला भएकोले । विमानस्थलबाट करिब ३० मिनेट लाग्दो रहेछ शेन्जेन शहर पुग्न । विमानस्थल छाडेपछि बस उकालो लाग्यो पहाडी खोंचतिर । बाटोका दुवैतिर फूलहरु तथा आँपका बोटका ताँती बाटाका वरिपरी मात्र होइन लेनको बीचमा समेत देखा परे । सीमसीम पानी परेको त्यस मौसममा ती फूल र फलका बृक्षहरुमा खसेका पानीका थोपा र तिनले घामपानीमा सूर्यकिरणहरु प्रतिबिम्बित हुँदा हीराका टुक्राहरु जस्ता देखिए । तिनले एक किसिमको रोमाञ्च पैदा गरे । शेन्जेन शहर घेर्ने त्यो पहाड बिलकुल मेरै देशका आम पहाडहरु जस्तै देखियो । त्यो दृश्यावलीले मलाई आफू नेपाल बाहिर रहेको भन्ने अनुभूति नै हुन दिएन काल्पनिक नै सही ।
प्रकृति एउटै थियो मेरो देशमा र यहाँ । रुखविरुवा, चाम्रेमाटो, पहाडका थुम्काथुम्की र हावापानी पनि उस्तै थियो । आँपका टिकोरीहरु पनि मेरै देशको तराइमा जस्तै झुण्डिरहेका थिए तर पनि एउटा अचम्मको अनमेल थियो । यहाँ काँटछाँट नगरेका एउटै विरुवा थिएन, बाटोमा फोहोरको एउटा टुक्रै थिएन । ओखरपौवा थिएन जुन बारम्बार काठमाडौंको फोहोरसँग सौदावाजी गरिरहन्छ । नगरपालिका त थियो तर त्यस्ता कर्मचारीहरु थिएनन् जो एक पटक घुसेपछि निरन्तर सौदाबाजी मात्र गरिरहन्छन् । आकाशे पुलहरु त थिए तर ती केवल विज्ञापनका होर्डिङ्ग बोर्ड झुण्ड्याउने प्रयोजनका लागि मात्र थिएनन् । फ्लाइओभरहरु थिए जसलाई एककिसिमको भित्ते फूलले पुरैजसो छोपिएका । र मानिसहरु त थिए तर कोही पनि बाटो बन्द गर्ने, हडताल गर्ने, अत्यावश्यक सेवासुविधाका पक्षलाई बन्धकी बनाएर राजनीति गर्ने थिएनन् । राजनीति त थियो तर अराजकता थिएन । नेता त थिए तर निजी पद र प्रतिष्ठाका लागि देशलाई बन्धकी बनाउने थिएनन् । तब त यो उस्तै भूबनोट र हावापानी भएर पनि विश्वको एक उत्कृष्ट र आधुनिक शहर भएको थियो । हात थियो केवल मानिसहरुको ।

बाटैमा पर्ने हाम्रो गन्तव्य मध्येकै एक चीनियाँ कम्पनी Shenzhen Quantum Optoelectronic Co. Ltd मा प्रवेश गर्दा त्यहाँको व्यवस्थापन हाम्रो स्वागतमा भिडियो क्यामरा सहित तम्तयार थियो । यो कम्पनी आफैमा त्यति ठूलो थिएन तर बेइजिङ्ग ओलिम्पिकमा प्रकाश व्यवस्थापनको गहन भूमिका निभाएको थियो । यसले विद्युतीय उर्जा फारो गर्ने किसिमका चीमहरु बनाउने रहेछ जुन आकारमा निकै साना हुन्छ तर निकै कम विद्युत खपत गर्छन् ।
प्रत्येकका टेवुलमा मौसमी फलफूलका थुप्रा यसरी लगाइएको छ कि हामी सबै भीमसेन हौं । मौसमी फलफूलहरु थिए ती – केरा, बखडा, नास्पाति र मैले नाम नजानेका तर खान जानेका अन्य केही फलादि । मलाई साँच्चै नै जेठको अन्ततिर पहाड घुम्न निस्केको जस्तो बिभ्रम भैरहेथ्यो । खान पनि मैले फटाफट यति धेरै बखडा र नास्पातिहरु खाएँ कि मानौ म बर्षौ देख फलफूलको मुखै नदेखेको मान्छे हुँ । अन्ततः करीब डेढ घण्टा त्यहाँ बिताएर हामी सुन्दर सडकहरु र तिनलाई घेराबन्दी गरेर उभिएका मनोरम तरुलता हेरेर रमाउँदै हाम्रा लागि व्यवस्था गरिएको होटेलतिर लम्किरह्यौं भाँतिभाँतिका कलात्मक भवनहरु नियाल्दै ।
साँझ होटल गोल्ड मा बासप्रत्येकका टेवुलमा मौसमी फलफूलका थुप्रा यसरी लगाइएको छ कि हामी सबै भीमसेन हौं । मौसमी फलफूलहरु थिए ती – केरा, बखडा, नास्पाति र मैले नाम नजानेका तर खान जानेका अन्य केही फलादि । मलाई साँच्चै नै जेठको अन्ततिर पहाड घुम्न निस्केको जस्तो बिभ्रम भैरहेथ्यो । खान पनि मैले फटाफट यति धेरै बखडा र नास्पातिहरु खाएँ कि मानौ म बर्षौ देख फलफूलको मुखै नदेखेको मान्छे हुँ । अन्ततः करीब डेढ घण्टा त्यहाँ बिताएर हामी सुन्दर सडकहरु र तिनलाई घेराबन्दी गरेर उभिएका मनोरम तरुलता हेरेर रमाउँदै हाम्रा लागि व्यवस्था गरिएको होटेलतिर लम्किरह्यौं भाँतिभाँतिका कलात्मक भवनहरु नियाल्दै ।
शेन्जेनको मुख्य किनमेल गल्लीमै रहेको गोल्ड होटल ३१ तले ४ तारे होटल रहेछ जुन शेनान इष्ट सडकमा पर्दछ । यो सँगै छ दोङ्गमेन पेडेस्ट्रियन स्ट्रीट जहाँ अत्यन्त सस्तो दरका सामान देखि ब्रान्डेड सामान पनि पाइन्छन् । यो क्षेत्र किनमेल, मनोरञ्जन र पर्यटनका लागि प्रसिद्ध ठाउँ हो जहाँबाट पाँचै मिनेटको ड्राइभिङ्गमा दूरीमा लुओहु पोर्ट शेन्जेन रेल्वेको स्टेशन तथा ३५ मिनटको ड्राइभिङ्गमा शेन्जेन अन्तराष्ट्रिय विमानस्थल पुग्न सकिन्छ । कतिपय सवालमा यो हाम्रो भृकुटी मण्डप जस्तै छ मोलमोलाइ गरेर शुरु मूल्यको १५–२० प्रतिशतमै पनि माल छुटाउन सकिने । धेरैजसो सामानमा भने मूल्यसूची नै टाँगिएको हुन्छ । त्यो सडकमा हामीले पनि किनेका थियौं केही लुगाहरु, जुताहरु र अन्य खित्रिमित्रि सामान । रमाइलो त के थियो भने हाम्रा सचिवज्यूलाई त जे देख्यो त्यही किन्न उत्साहित भैहाल्ने ।
बेलुकी खाना खानका लागि एउटा त्यस्तो रेष्टुराँमा लगियो जहाँ खानका लागि एकसय चौरासी व्यञ्जन राखिएको हुँदो हो । त्यति खाने कुरामा पनि म बबुरोका लागि मन खाने खानेकुराहर लगभग थिएनन् नै फलफूल बाहेक । जब मैले कुनै शाकाहारी खानको अर्डर गर्न सकिन्छ कि भनेर त्यहाँको कारिन्दालाई सोधें उसले आफूले केही समय अघि एकजना भारतीयलाई शुद्ध भातको व्यवस्था गरेको किस्सा सुनायो । उसले एक छिनमै चिल्लो राखेर एक थाल सादा भात भुटेर मेरा अगाडी दाखिल ग¥यो केही हरियाँ घाँसहरु समेत मिसाएर । त्यति भएपछि एकसय पन्चासीयौं व्यञ्जन स्प्राइटको झोलसित निलेर अरुले मुफ्तमा स्वाटस्वाट निलेका बोतलका बोतल बियरहरुको गन्ती गर्दै रमाइलो गरेर बिताएँ ।
मे २२
बिहानको नास्ता पछि चीनको भव्य र बिशाल Huawei
Technologies का लागि झरीका बीच प्रस्थान गरियो । हामीकहाँ नेपाल टेलिकमले केही बर्ष अघिदेखि प्रयोगमा ल्याएको सिडिएम्ए फोन देखि लिएर पछिल्लो पुस्ताका अत्याधुनिक वाइफाई यस कम्पनीले बनाउँदो रहेछ । त्यसो त टेलिफोन प्रविधिमा यो कम्पनीले विश्वकै दोस्रो ठूलो व्यापार हिस्सा पो ओगट्दो रहेछ -यो तथ्यमा थप बल पुग्यो जव म सन् २०११ मा विद्यावारिधीको लागि स्पेनमा छँदा त्यहाँका सञ्चार प्रविधि सम्बन्धी कम्पनीहरुले पनि यो कम्पनीका उत्पादन प्रयोग गरेको पाएँ_ । त्यस कम्पनीका पछिल्ला जादूमयी उत्पादनहरु हामीलाई देखाइयो । ओहो, कसले भन्न सक्छ, यो केही दशक अघिसम्म अफिममा लठ्ठिएको चाइना हो भनेर ।
हामीलाई रिमझिम झरीकै बीचमा कम्पनीका बिभिन्न हिस्सा हुँदै खाना खाने होटलमा लगियो । होटलको नाम त मैले टिप्नै बिर्सेछु तर आज सम्म घुमेका र खाना खान बसेका होटलहरुमा त्यो अनुपम थियो -हुन त त्यस्तै एक न एक बिशेषता भएका अरु होटलहरुमा पनि गएकै हो र खाएकै हो तर त्यो बिशेष थियो_ । शताब्दीयौं अघि चीनमा प्रचलित चिया बनाउने र टक्र्याउने परम्परालाई जोगाएर राखिएको रहेछ त्यहाँ । त्यो चियाको स्वाद नचाखेर मलाई अझसम्म पनि थकथक लागिरहन्छ तर चिया बनाउदै गरेको तरिका, सामग्री र भाँडाकुँडा हेर्दा लाग्थ्यो म सोह्रौं शताब्दी वा त्यस भन्दा अघिको कुनै चीनियाँ बादशाहको दरवारमा हुने चियाअर्पण समारोहमा छु ।
खानाका परिकारहरु आए, चौरासी व्यञ्जन । मेरा लागि त सधैं केही रोटी, तरकारी र फलफूलहरु नै चौरासी व्यञ्जन रहेकोले त्यसले कुनै तात्विक अन्तर पारेन तर थरिथरिका स्वादका पारखी जिभ्रोहरु रसाए र तिनले एक पछि अर्को परिकारलाई उदरस्थ गरे । मेरा लागि सबैभन्दा सुस्वादु व्यञ्जन थियो त्यहाँ स्वागतार्थ संगीत प्रस्तुत गरिरहेका सरस्वतीका वरदपुत्रीहरुको बीणा, सितार लगायतका वाद्यवादनबाट निस्केको कर्णकुहर झंकृत गर्ने मोहक संगीतको सुर ।
ती वाद्यवादकहरु सेता स्फटिकजस्ता पोशाकमा साक्षात सरस्वतीजस्तै प्रतीत हुन्थे । सौम्यता, शालीनता र शिष्टताका ती विलक्षण नमूना थिए । म आफूलाई संगीतको मधुमयी गुञ्जनमा त्यती डुबेको र पग्लेको शायदै छु आजका दिनसम्म पनि । सुन्दरता नाङ्गा वक्षस्थल र मांशल पिण्डमा होइन, तिनका क्षमता र शालीनतामा हुन्छ भन्ने प्रमाण खोज्नु कहाँ जानू अन्त ? धन्य हुन् ती सरस्वती पुत्रीहरु, जसले शताब्दीयौं अघिदेखिको शास्त्रीय रागलाई ज्यूँदो मात्र राखेका छैनन् उत्तिकै शालीनतासाथ पस्कि पनि रहेका थिए ।
खाना खाँदा खादै सँगै बसेकी एक चीनियाँ संचारकर्मी सँग कुराकानी भयो । चीनको एक बच्चा नीतिको अनुशीलनकै क्रममा ती जन्मेकी र हुर्केकी रहिछन् । एक बच्चा नीतिले चीनमा एउटा अचम्मको बसाईसराईको प्रबृत्तिलाई बढावा दिएको रहेछ । एकमात्र बच्चा भएकाले बाबुआमाहरु त्यो बच्चा लिएर उसको लालनपालनका लागि शहर पस्ने र त्यतै बस्ने प्रबृत्तिलाई निकै बढावा दिएको रहेछ हामीकहाँ विप्रेषण आय भएका परिवारमा तिनका छोराछोरी पढाउनकै लागि बच्चाबच्चीकी आमा सहित शहरमा बस्ने र बिदेशको पैसा त्यसमा खर्च हुने जस्तै । अर्कोतिर एकभन्दा बढी बच्चा हुनेहरु गाउँ र दुर्गमतिरै थन्किने रहेछन् । ती पढाई र अरु अवसरबाट समेत तुलनात्मक हिसाबले बञ्चित हुने र पछि शहरमा श्रमिकको रुपमा पस्ने रहेछन् । यसरी एकभन्दा बढी बच्चा भएको परिवार शहरमा सर्ने सम्भावना कम हुँदा गाउँमै रहने र खेतीकिसान गर्ने वर्गमा रुपान्तरित हुँदै गैरहेको कुरा उनले मलाई सुनाइन् ।
बेलुकीको कुनै कार्यक्रम नभएकोले गोजी गरम हुनेहरु किनमेलमा रमाए । हामी भने कोठामा फक्र्यौ ।

मे २३
अघिल्लो साँझ मात्र निश्चित भयो शेन्जेनको सर्वाधिक आकर्षक पर्यटकीय स्थल परीताल (Fairy Lake and
Botanical Garden) भ्रमण । बिदाको दिन थियो कार्यालयहरुमा । परीताल क्षेत्रमा प्रसिद्ध र मनोरम बुद्धगुम्बाहरु छन् भन्ने थाहा पाउँदा मन त्यसै पुलकित भयो । सिद्धार्थ बाजे यसरी कम्यूनिष्ट देशमा ठूलो श्रद्धा र पर्यटकीय माध्यमबाट कमाउने माध्यम समेत भएका देख्न पाउँदा मन हर्षबिभोर हुने नै भयो ।
बिहानको खाना पछि बस सरासर परीतालतिर हुइंकियो । शेन्जेनस्थित सर्वाधिक उच्च पहाड जुन समुद्रसतहबाट ९४४ मिटरको उचाइसम्म ठडिन्छ, नाम पाएको छ उतोङ(wutong) पहाड । यो ] Chinese Academy of Science को एक अध्ययनस्थल पनि हो ।
उतोङ्ग पहाडबारे स्थानीयबीच एउटा प्रसिद्ध भनाई छ –“फिनिक्स चरा उतोङ्ग पहाडमा बस्छ जसको तल रहेको सुरम्य तालमा परीहरु स्नान र क्रिडा गर्छन् ।” छिनछिनमा उतोङ्ग पहाड बादल र हुस्सुको लुकामारीमा रमाउँछ । यहाँ परीको पखेटा आकारका हुस्सुका चोइटाहरु छिनछिनमा यताबाट उता कुँदिरहन्छन् । यस पहाडले बोकेको छ बोटानिकल गार्डेन आफ्नो पेटमा ।

५८८ हेक्टर क्षेत्रफलमा फैलिएको बोटानिकल गार्डेन सन् १९८३ मा निर्माण शुरु गरेर सन् १९८८ मा सर्वसाधारणका लागि खुला गरिएको थियो । सन् २००५ मा मात्रै २० लाख पर्यटकले भ्रमण गरेको उक्त बगैंचाको बहुआयामिक उपयोगिता रहेको छ –बैज्ञानिक अनुसन्धान, शिक्षा र पर्यटन । यस बगैचामा ६५०० प्रजातिका बनस्पति छन् जसमा Cycads, दुर्लभ र लोपोन्मुख प्रजातिका बनस्पति, shady बनस्पति -जहाँ कीरा खाने बनस्पतिहरु शिकारका लागि पर्खिरहेका भेटिन्छन्_, सिउँडीहरु रsucculents , जलबनस्पतिहरु, उन्यूहरु, बोन्साई बगैचा तथा सुनगाभाहरु इत्यादि मुख्य छन् ।
बगैचा ६ भागमा बिभाजित छ – स्वर्ग र पृथ्वी क्षेत्र, तलाउ क्षेत्र, मन्दिर क्षेत्र, मरुभूमी ल्याण्डस्केप, प्रिस्टिन जङ्गल क्षेत्र -जहाँ हजारौं बर्ष पुराना बनस्पतिहरु पृथ्वीमा भैरहेका आँधिहुरी, परिवर्तन र वातावतरणीय उहापोहका साक्षी बसेका छन्_ तथा कोणधारी र बशबभिब क्षेत्र ।
मुख्य प्रवेशद्वारमै धेरैले किने मुठाका मुठा धूपहरु । केही खानेकुरा किनियो त्यहाँ । जव बस घना, शीतल र मनोरम जङ्गल छिचोल्दै मन्द गतिमा उकालो लाग्यो त्यसको सुन्दरमा आँखा टोलाउन थाले । सरासरी गएर बुद्ध मन्दिरको अगाडी रोकियो बस । आस्थालाई छिनाउन कसले सक्छ< धर्मलाई अफिम ठान्ने दीक्षा बर्षौ दिइँदा पनि मान्छे पूजा गर्न त डरले पनि छाड्ला तर मनबाट आस्था निकाल्न नसक्दो रहेछ । पछिल्लो पुस्ताका चीनियाँहरुमा भने अलि बिचलन बढेको पाइन्छ । क्रिश्चियन धर्मको प्रभाव यिनीहरुमा पनि खरमा आगो सल्केर्झै सल्केको छ । आस्थाले भन्दा पनि पश्चिमाहरु क्रिश्चियन धर्मकै कारणले समृद्ध भएका हुन् भन्ने भ्रमले कता कता काम गरेको देखिन्छ । यी सबैका वावजूद पनि उनीहरुले लगे काम, क्रोध, लोभ, मोह, मात्सर्यले छुन डराउने शान्त बुद्ध मन्दिरका प्राङ्गणमा । बिध्वंसक सांस्कृतिक क्रान्तिले यसलाई पनि बाँकी राखेको रहेनछ तर नागरिकको आस्था र पर्यटकबाट बिदेशी मुद्रा आर्जन गर्ने दोहोरो फाइदालाई मध्यनजर गरेर यसले पुनस्र्थापना गरिएको रहेछ ।
एकजना अर्जेन्टिनीले बाहेक सबैले धूप लिए र प्रार्थना गरे । शान्तिका दूतलाई आराधना गर्नु कुनै धर्मको बिरुद्ध पनि त थिएन । मैले पनि आराधना गरें आफ्ना कुप्राबाजेको सामू । एक थिए ब्राजीलीयन जसले चीनमा माओकालमा धर्म माथिको आक्रमण र बुद्ध दर्शनबारे चासो राखे । मैले मेरो क्षमताले भ्याएसम्म त्यसको व्याख्या गरें । साथ दिए कम्बोडियाका अर्थसचिवले । बुद्धको बारेमा केही बोल्न पाउँदा मैले आफूलाई धन्य ठानें । करीब एक घण्टाको शान्तिधाम बिचरण पछि त्यहाँबाट निस्केर बिभिन्न बगैचा चाहार्न लागियो ।
एउटा छ सिउँडी बगैचा जहाँ बिभिन्न प्रजातिका सिउँडीहरुलाई निकै स्याहार गरेर राखिएको छ । त्यहाँ प्राचीन घुमन्तेहरुका नाङ्गा मूर्तिहरु राखिएका रहेछन् । त्यो बगैचाको व्यवस्थापन पक्ष भने कमजोर देखियो । हाम्रा सचिवले त व्यङ्ग पनि कसे –“नेपाली संस्थानका व्यवस्थापकबाट तालिम लिएर आएको रहेछ यहाँको व्यवस्थापक पनि” भन्दै ।
परीतालमा निकैबेर टोलायौं हामी । जलप्रदुषणले होला केही बच्चा कछुवाका निस्प्राण शरीर तालका छेउछाउ तैरिरहेका देखिन्थे । उतोङ्ग पहाडको चुचुरामा सयौं फिट अग्लो बुद्ध मूर्ति ठडिएको थियो । एउटा किनारामा मनोहर आर्कब्रिज थियो । तालका किनारामा ठाउँठाउँमा युगल जोडीहरु प्रेमालापमा हराइरहेका देखिन्थे । परीताल साँच्चै नै परीहरुको बिलास क्षेत्रजस्तो प्रतीत हुन्थ्यो ।
साँझ त्यहाँबाट फर्किंदा मन अर्कै लोकबाट फर्केजस्तो फुरुङ्ग र पुलकित भैरहेको थियो । बेलुकी थकाई लागेकै थियो तर अर्को दिन नै नेपाल फर्कनु पर्ने भएकोले झोला कस्नु पर्ने थियो । एक छिन बाहिर निस्कियौं र बाँकी रहेको चीनियाँ मुद्रा खर्चने जमर्को ग¥यौं ।

शेन्जेनको प्रसिद्ध किनमेल क्षेत्रमा किनमेलका लागि प्रस्थान
हुन त हाम्रो बसाई शेन्जेनको प्रसिद्ध किनमेल क्षेत्रमै थियोतर त्यता गइएको थिएन । अर्को दिन घर फर्कनै छ भनेपछि त्यता लागियो । महंगा ब्रान्डेड पहिरन देखि सस्ता (नेपालमा खासातिरबाट भित्राउने किसिमका) लाउने, खाने र अन्य प्रयोगका सामग्रीहरु बेच्न राखिएका थिए । मोलमोलाई गर्न सक्नेले १०० यूआन लेखेको सामान १० यूआनमै पनि पट्काउन सक्थ्यो तर म चाँही यस मामिलामा सारै लुते । काठमाडौंमा पनि श्रीमती बजार जाँदा सँगै छिन् भने मोलमोलाइका लागि उनैलाई उक्साएर आफू अर्कोतिर फर्केर उभिन्छु म अझ चीनको बजारमा मेरो के हविगत हुँदो हो । त्यै पनि केही चाचानानाहरु किनें । सचिवज्यूका झोलामा मेरा भन्दा अलि धेरै र गह्रुंगा पनि भैसकेको थिए, हुनु स्वभाविकै पनि थियो ।
घुम्न त घुमियो तर भोक लागेर पेटमा आन्द्राले आन्दोलन गर्न थाले । बिहान पनि खानभन्दा संगीतमै बढी डुबिएछ, अहिले शाकाहारी भोजनालय खोज्यो कतै भेटिंदैन । आखिर म्याकडोनाल्डको एक पुरिया फ्रेन्चफ्राइ र सचिवज्यूको झोलामा रहेको एक पोका नेपाली चाउचाउले साँझको गुजारा गरियो ।
मे २४
मेसेडोनिया र मोन्टेनेग्रो लगायतका केही देशका प्रतिनिधीहरु अभिल्लो साँझ नै त्यहाँबाट हिंडिसकेका थिए । यद्यपि हाम्रो फिर्ति सामान्य हिसाबले मे २६ मा मात्र हुन्थ्यो तर बेकारमा सेन्जेनका गल्लीमा भौतारिनुको कुनै अर्थ थिएन । त्यसैले बिहानको नास्तापछि होटलबाट बिदा भयौं हामीहरु । दिउसोको केही कार्यक्रम थिए र साँझको विमानबाट घरतिर लाग्ने योजना बनिसकेको थियो ।
त्यहाँबाट हामीहरु नानशाङ्ग साइन्टिकफिक एण्ड टेक्नोलोजी पार्क भ्रमणका लागि प्रस्थान ग¥यौं । जाँदै गर्दा बाटोमा देङ्ग सियाओ पेङ्गका बिशाल तस्वीर राखिएका थिए । वास्तवमा उनले नै नमूना आधुनिक शहरको रुपमा शेन्जेनको परिकल्पना गरेका थिए । ती परम्परागत जडसुत्रबाटभन्दा माथि उठेर समृद्ध चीनको बिरासतलाई फर्काउने स्वप्नद्रष्टा थिए । उनले नै चीनमा उदारीकरणको ढोका खोला जहाँबाट सावधानीपूर्वक हिड्दै चीन आजको अवस्थामा आइपुगेको तथ्य सवैका सामू छर्लङ्ग छ । हो, उनै नेताका तस्वीर अगाडी हामीले आफूलाई उभ्याएर तस्वीरहरु खिच्यौं । विकासका स्वप्नद्रष्टाहरुप्रति मेरो बिशेष अनुराग छ, चाहे ती सिंगापुरका ली क्वान यिउ हुन् वा चीनका देङ्ग । यस बिषयमा कुनै पनि राजनीतिक बाद वा विचारधाराबाट माथि उठेर काम गर्न सक्नुपर्छ भन्ने मेरो मान्यता हो ।
त्यहाँ पुग्दै गर्दा हाम्रा आँखा अगाडी थियो बिशाल प्वाँख आकारको भवन । विशाल संरचनाको कलात्मक नमूना थियो त्यो, यद्यपि त्यसको अन्तरमा हामी पस्न पाएनौं । जसको अगाडी थियो विशाल आँगन र बगैचा । कठै मेरो देशको राजधानी शहर, जहाँ आपतकालीन अवस्थामा मानिसहरु उभिने खाली ठाउँ खोज्न टुँडिखेल नपुगी सुख छैन, त्यै पनि अग्लो बारले छेकिएकोले मानिसहरु भित्र पस्न पाउँदैनन् । कुनै टोलमा आगलागी भयो भने दमकल छिर्ने सम्भावना नै छैन । कस्तो दयनीय नगर विकास योजना छ हाम्रो ।
२०११ मा युनिभर्सिटीका विद्यार्थीहरुबीचको विश्वव्यापी खेलकूद प्रतियोगिताको तयारी गर्दै थियो यो शहरले । त्यसैको लागि ठाउँठाउँमा प्रचार सामग्रीहरु देखिन्थे । मन थियो, त्यस विशाल प्राङ्गणमा अलिबेर रोमाञ्चित होउँ तर समय थिएन, हामी शेनजेनको प्रसिद्ध बिजनेश टावरतिर प्रस्थान गरिहाल्नु पर्ने थियो ।
त्यताबाटै हामी विजनेश टावरतिर प्रस्थान ग¥यौं । शायद शेनजेनको सबैभन्दा अग्लो टावर होला यो । उक्त टावरको चुच्चैमा हामीलाई आज दिवाभोज दिइदै थियो । आफ्नो सपनाले मूर्तरुप लिंदै आएको यस टावरको टुप्पोमा आएर देङ्ग सियाओ पेङ्गले ज्यूँदै छदा हेरेका रहेछन् । उनी त्यहाँ आउँदाका र अरु देशका राष्ट्रप्रमुख वा उच्च ओहदाका व्यक्तिहरुसँगको भेटघाटका तस्वीरहरु त्यहाँ थिए । आफूलाई ती स्वप्नद्रष्टाले टेकेको ठाउँमा उभिएको पाएर एउटा मीठो अनुभूति भयो ।
पुरा शेन्जेन शहर घुमीघुमी हेर्दै त्यहाँको घुम्ति रेस्टुराँमा भोजन गरियो अलि हतारहतारमा किनकी २ बजे त त्यहाँबाट हिंलिहाल्नु पर्ने थियो । हाम्रा लागि गाडीको व्यवस्था समेत भैसकेको थियो र एकजना प्रतिनिधि समेत विमानअड्डासम्म पु¥याउन तयार भैसकेका थिए । तसर्थ हामी छिटै सबैसँग बिदाबादी हुँदै थियौं ।
तल टावरको फेंदमा एउटा कार आयो हामीलाई त्यहाँबाट विमानअड्डासम्म पु¥याउन । त्यसमा एउटा केटा बस्यो लामो कपाल पालेको, चुरोट खाइरहने, मुन्द्रे र क्यामरा भिरेको । देख्दा यस्तो लाग्थ्यो यो शेनजेनको नामूद गुण्डा हुनुपर्छ । सचिवज्यू र म मुखामुख समेत ग¥यौं उनलाई देख्नासाथ । चुरोट बन्द गर्न मैले अनुरोध गरिहालें किनकि मलाई चुरोटको धुवाँ असह्य हुन्थ्यो र हुन्छ । कतै बाटामा लगेर लुटपाट गरेर त यसले छोड्ने हैन भन्ने चिसो पस्यो मेरो मनमा । हुनत लुट्ने कुरा नै के थियो र म जस्ता अन्तराष्ट्रिय भतुवाको, तैपनि मनले पाप चितायो ।
कार द्रुत गतिमा ग्वाङ्गझाउका लागि प्रस्थान ग¥यो । बाटामा हामीले ठूला घना जंगल देखि बिशाल मानव निर्मित कंक्रिटका जंगलहरु हे¥यौं । स्निग्ध सडक गल्ली देखि फोहोर नदी किनारहरु पनि देख्यौं । जतिजति हामी ग्वाङ्गझाउ विमानस्थल नजिक आउन लाग्यौं त्यतित्यति त्यो केटो खुल्दै गयो । उसले अघिल्लो बर्ष आफू नेपाल गएको र अर्को बर्ष शेनजेनमा हुने विश्वविद्यालयस्तरीय ओलम्पिकमा भाग लिनका लागि निम्ता दिन फेरी आफू नेपाल आउने कुरा पनि ग¥यो ।
अन्ततः विमानस्थल आइपुगियो । उसले हाम्रा सुटकेसहरु गाडीबाट बोकेर टिकट काउण्टरसम्म पु¥यायो । काउण्टर खुलिनसकेकोले एकछिन पर्खनुपर्ने भयो । अलि पर पुगेपछि पनि फर्कंदै फेरी कुनै दुःख भयो कि भन्दै सोध्दै ग¥यो । केही घण्टा अगाडीदेखि मात्र हामीसँग भएको त्यो केटाको व्यवहार यस्तो लाग्थ्यो मानौं ऊ हाम्रो आफ्नै परिवारको सदस्य हो जसले हामी लामो समयको लागि छुट्टिदै गरेकोमा भावविभोर भएको छ । फेरी भेटौंला भन्दै उसले हाम्रो भावपूर्ण बिदाई ग¥यो । बाहिरी आवरण र भित्री मन कति फरक कुरा रहेछन्<
एयरपोर्टमा २ घण्टा पर्खनुपर्ने थियो । सचिवज्यू त भिआइपी सुइटमा छिरिहाल्नु भयो म भएँ यता न उताको हल्लौंडो । अब साँच्चै नै सचिव र कारिन्दाको दूरी बढ्दै थियो । त्यहाँमात्र होइन विमानमा टिकट पनि अलगअलग थियो र हुने नै भयो । त्यहाँबाट हिंडेपछि हामी शायद एकैचोटी नेपाल विमानस्थलमा मात्र जम्काभेट हुने अवस्था थियो । त्यत्तिकै हल्लिदै बडो मुस्किलले दुई घण्टा बिताएपछि बोर्डिङ्ग शुरु भयो । कडा सुरक्षा जाँचपछि हामी विमानमा चढ्यौं ।
बिमानमा आफू नेपाली भएर लज्जित हुनुपरेका बिरल क्षणहरुमध्ये एउटा त्यहाँ पनि देखियो । ग्वाङ्गझाउमा किनमेलको लागि गएर फर्कंदै गरेका नेपाली र भारतीय व्यापारीहरुको ठूलै समूह त्यस विमानमा रहेछ। ती मेची भन्सारतिर व्यापार गर्ने व्यापारी थिए । जब खाने बेला भयो, तिनले उल्कै गरे । पुरै यात्राभरी उच्च स्वरमा चिच्याएर कुरा मात्र गरेनन् विमान परिचारिकालाई पनि दिग्दारै पारै लगातार वियर मागेको मागै गरेर । ती यसरी वियर मागिरहेका थिए मानौं तिनीहरुले बर्षौंका लागि आजै पिउन चाहन्छन्, मार्नौ यो नै एकमात्र तिनीहरुको जीवनको स्वर्णिम अवसर हो जहाँ तिनीहरुले पिउन पाउने छन् । त्यो छुच्याईं र हल्ला देखेर म यति लज्जित भएँ कि विमान परिचारिकाले केही खानेकुरा लिएर आफूतिर आउँदा पनि उनीहरुको मुखमा हेर्न पनि लाज लाग्यो । नेपालीलाई यसै त गरिब भएकोमा हेप्ने कुरा स्वभाविकै थियो अझ किसिमको निकृष्ट व्यवहारले बिदेशीहरुको नेपाली प्रतिको सोंच कस्तो विकास हुँदै जाला<
त्रिभुवन विमानस्थलमा हामीलाई बोकेको विमान राती १०.१५ मै अवतरण ग¥यो । त्यहाँबाट बाहिर निस्केपछि त सचिवज्यू म सँग कमै बोल्नुभयो । शायद दूरी अब निकै बढ्दै थियो । उहाँ भिआइपि कक्षबाट बाहिर निस्कने हुनाले चाँडै निस्कनु स्वभाविकै थियो । म पनि बाहिर निस्कें र उहाँको गाडी पनि देखें । सँगै पछि लागे रातको ११ बजे । कहाँ ओर्लने हो भनेर सोध्नुभयो उहाँले । उहाँलाई थाहा थियो म टौदह बस्छु । अन्ततः म बिजुलीवजार ओर्लें र खनाल दाइकोमा रात्रीबासको शरण लिएँ, महाचीनको यात्रालाई बिश्राम दिंदै ।
No comments:
Post a Comment