किन चस्क्यो ओभानो घाउ
किन चस्क्यो ओभानो घाउ भन्थें, कहिं तिम्रो पदचाप सुनेर रहेछ
किन छल्क्यो सुकेको तलाउ भन्थें कतै तिम्रो छायाँ देखेर रहेछ
किन चस्क्यो .....
भेद थिएन कुनै मलाई असिना बर्सोस् कि फूल बर्सोस्
महसुस् थिएन कुनै मलाई, घाम चर्कोस् कि झरी दर्कोस्
उठेर हिंड्न खोज्दै थिएँ म बिर्सेर पीडा भोग्ने तिनै दिन्
किन झस्क्यो दुखीया मन् भन्थें, सुनेर हो कि तिम्रो गुन्गुन्
किन चस्क्यो ....
चलेकै थियो यो जिन्दगानी, त्यो दिन् त्यो रात ढलेकै थियो
तेल सुकेर के पो भयो र ? पल्पल् यो मन् त बलेकै थियो
भर्खर शान्त भाथ्यो सुनामी संसार मेरो संसार मेरो खोसी दिएछ
किन हस्क्यो पुरानो बैरी भन्थें, तिम्रो त आफ्नो त्यै पो रहेछ
किन चस्क्यो .....
हिंडिरहेछु हिडिरहन्छु गर्दिन पर्वाह काँडाहरुको
गाउँछु गीत झर्नाहरुको सुसेल्छु पीडा पहाडहरुको
जति मस्कोस् यो मनको गाँठो, फोइरहन्छु फोइरहन्छु
छाडी गएथ्यौ कलंक टीका, धुन्छु म त्यो दाग धोइरहन्छु
किन चस्क्यो पुरानो ..............
२०६२ पौष १
बल्खु बवरमहल बसयात्रा

No comments:
Post a Comment